माघ १४, २०८२ बुधबार | १९:१२:२१
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

सुवासलाई भारतीय गल्फ टुरको फुल कार्ड

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआइ) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन्।

जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा शुक्रबार सम्पन्न टाटा स्टील पिजीटीआइ क्वालिफाइङ स्कुलको अन्तिम दिन ४-अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३-अन्डर २ सय ७१ को रवाफिलो स्कोर खडा गर्दै संयुक्त रुपमा दोश्रो स्थान बाँडे।

क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे। उनले फ्रन्ट नाइन १-अन्डर ३४ मा पुरा गरे। दोस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गरे र पाँचौ र सातौं होलमा एक/एक सट खेर फाले। यसपछि ब्याक नाइन बोगी फ्रि खेले।

१०औं, ११औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३-अन्डर ३३ को स्कोर दर्ज गरे। सुवासले पहिलो दिन ४-अन्डर ६७, दोश्रो दिन ५-अन्डर ६६ र तेस्रो दिन इभन-पार ७१ मा खेल सकाएका थिए।

प्रभावशाली प्रदर्शनमा सुवासले सन् २०२४ को भारतीय गल्फ टुरको लागि फुल कार्ड प्राप्त गरेका छन्। यो सँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुवात हुनेछ। सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन। उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए।

यसपछि बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए। सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए। टुरिजमा कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए।

सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरलाई कयौं पटक पछि पारिसकेका छन् । उनले पाँच पटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन्।

पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणको लागि भारतको तरूण सरदेशाई एकेडेमीमा पठाएको थियो।

अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत रहेका छन्। उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरशिप समेत पाएका छन्।

अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन्। शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औं स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन्।

प्रि क्वालिफाइङको तीन प्रतियोगिता पश्चात कुल १ सय २३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तीमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए। जहाँ कूल ४-अण्डर २ सय ८० को स्कोरमा उत्कृष्ट ३७ जनाले  पिजीटीआइको फुल कार्ड प्राप्त गरे।

यो प्रतियोगिताको उपाधि चील्लीका माटियास डोमिङग्वेजले हात पारे। अन्तिम दिन ७-अन्डर ६४ खेल्दै उनले समग्रमा २०-अन्डर २ सय ६४ को स्कोर निकाले। नेपालका सुबाशसँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३-अन्डर २ सय ७१ सहित संयुक्तरुपमा दोस्रो भए। 

यो पटक पिजीटीआई क्यु-स्कुलमा सहभागी ४ सय १९ गल्फर मध्ये भारत बाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।