चैत्र ११, २०८२ बुधबार | २३:५९:०३
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

सुवासलाई भारतीय गल्फ टुरको फुल कार्ड

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआइ) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन्।

जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा शुक्रबार सम्पन्न टाटा स्टील पिजीटीआइ क्वालिफाइङ स्कुलको अन्तिम दिन ४-अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३-अन्डर २ सय ७१ को रवाफिलो स्कोर खडा गर्दै संयुक्त रुपमा दोश्रो स्थान बाँडे।

क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे। उनले फ्रन्ट नाइन १-अन्डर ३४ मा पुरा गरे। दोस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गरे र पाँचौ र सातौं होलमा एक/एक सट खेर फाले। यसपछि ब्याक नाइन बोगी फ्रि खेले।

१०औं, ११औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३-अन्डर ३३ को स्कोर दर्ज गरे। सुवासले पहिलो दिन ४-अन्डर ६७, दोश्रो दिन ५-अन्डर ६६ र तेस्रो दिन इभन-पार ७१ मा खेल सकाएका थिए।

प्रभावशाली प्रदर्शनमा सुवासले सन् २०२४ को भारतीय गल्फ टुरको लागि फुल कार्ड प्राप्त गरेका छन्। यो सँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुवात हुनेछ। सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन। उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए।

यसपछि बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए। सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए। टुरिजमा कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए।

सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरलाई कयौं पटक पछि पारिसकेका छन् । उनले पाँच पटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन्।

पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणको लागि भारतको तरूण सरदेशाई एकेडेमीमा पठाएको थियो।

अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत रहेका छन्। उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरशिप समेत पाएका छन्।

अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन्। शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औं स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन्।

प्रि क्वालिफाइङको तीन प्रतियोगिता पश्चात कुल १ सय २३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तीमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए। जहाँ कूल ४-अण्डर २ सय ८० को स्कोरमा उत्कृष्ट ३७ जनाले  पिजीटीआइको फुल कार्ड प्राप्त गरे।

यो प्रतियोगिताको उपाधि चील्लीका माटियास डोमिङग्वेजले हात पारे। अन्तिम दिन ७-अन्डर ६४ खेल्दै उनले समग्रमा २०-अन्डर २ सय ६४ को स्कोर निकाले। नेपालका सुबाशसँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३-अन्डर २ सय ७१ सहित संयुक्तरुपमा दोस्रो भए। 

यो पटक पिजीटीआई क्यु-स्कुलमा सहभागी ४ सय १९ गल्फर मध्ये भारत बाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो