चैत्र १२, २०८२ बिहीबार | १९:५०:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दुई फरक प्रतियोगितामा सहभागी हुने राष्ट्रिय गल्फ टोलीको बिदाइ

काठमाडौं । नेपाल गल्फ संघले दुई अलग अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाने राष्ट्रिय टोलीका खेलाडीहरू सदभाव आचार्य, राहुल विश्वकर्मा र कश्मीरा शाहलाई बिदाइ गरिएको छ। उनीहरूलाई नेपाल गल्फ संघका कोषाध्यक्ष किशन अग्रवालले बिदाइ गरे।

सदभाव र राहुलले ३७ औं बंगलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्। प्रतियोगिता बुधबारदेखि शनिबारसम्म ढाकाको कुर्मीतोला गल्फ क्लबमा हुनेछ।

गत संस्करणमा सदभाव र सुवास तामाङले टिम स्पर्धामा नेपाललाई स्वर्ण दिलाएका थिए। यो पटक राहुल र सदभावलाई नेपालको लागि लगातार दोस्रो पटक स्वर्ण दिलाउने अवसर रहेको छ। दुवैले टिम र व्यक्तिगत दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगितामा अहिलेसम्म नेपालले व्यक्तिगततर्फ भने स्वर्ण जित्न सकेको छैन। गत संस्करणमा सुवासले व्यक्तिगततर्फ रजत पदक जितेका थिए। सुवास भने भारतीय गल्फ टुरको क्यु-स्कुल खेल्ने तयारीमा रहेका छन्। यही कारण उनले सहभागीता नजनाएका हुन्।

सदभावसँग यो प्रतियोगिताको अनुभव रहेको र पछिल्लो समय एसियन गेम्स र एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपमा पनि सहभागी भएको कारण उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। राहुलले पछिल्लो समय तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेका थिए। केहि दिनदेखि सदभाव र राहुलले गोकर्ण गल्फ क्लबमा प्रतियोगिताको तयारी गरिरहेका छन्। राष्ट्रिय टिमबाट राहुलले पहिलो पटक सहभागीता जनाउन लागेका हुन्।

सदभाव र राहुलसहित टिम व्यवस्थापक तथा नेपाल गल्फ संघका सचिव श्रीराम भण्डारी सोमबार ढाका प्रस्थान गर्नेछन्।

कश्मीराले वुमन्स एमेच्योर एसिया प्यासिफिक च्याम्पियनसीपमा भाग लिँदैछिन्। थाइल्यान्डको पटायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसीपमा वरियताको आधारमा कश्मीरालाई नेपाल गल्फ संघले छनोट गरेको हो। उनी वरियतामा ९ सय ३७ औं स्थानमा रहेकी छन्।

च्याम्पियनसीप माघ १८ गतेदेखि २१ गतेसम्म हुनेछ। जहाँ एसियाका ९० महिला एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्।कश्मीराले यो प्रतियोगिता लगातार दोस्रो पटक खेल्न लागेकी हुन्।

कश्मीरा आइतबार नै बैंकक जाँदैछिन्। नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त प्रतियोगितामा व्यवस्थापकको भुमिका निर्वाह गर्नेछन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो