माघ १५, २०८२ बिहीबार | १९:०८:३८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

दुई फरक प्रतियोगितामा सहभागी हुने राष्ट्रिय गल्फ टोलीको बिदाइ

काठमाडौं । नेपाल गल्फ संघले दुई अलग अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाने राष्ट्रिय टोलीका खेलाडीहरू सदभाव आचार्य, राहुल विश्वकर्मा र कश्मीरा शाहलाई बिदाइ गरिएको छ। उनीहरूलाई नेपाल गल्फ संघका कोषाध्यक्ष किशन अग्रवालले बिदाइ गरे।

सदभाव र राहुलले ३७ औं बंगलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्। प्रतियोगिता बुधबारदेखि शनिबारसम्म ढाकाको कुर्मीतोला गल्फ क्लबमा हुनेछ।

गत संस्करणमा सदभाव र सुवास तामाङले टिम स्पर्धामा नेपाललाई स्वर्ण दिलाएका थिए। यो पटक राहुल र सदभावलाई नेपालको लागि लगातार दोस्रो पटक स्वर्ण दिलाउने अवसर रहेको छ। दुवैले टिम र व्यक्तिगत दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगितामा अहिलेसम्म नेपालले व्यक्तिगततर्फ भने स्वर्ण जित्न सकेको छैन। गत संस्करणमा सुवासले व्यक्तिगततर्फ रजत पदक जितेका थिए। सुवास भने भारतीय गल्फ टुरको क्यु-स्कुल खेल्ने तयारीमा रहेका छन्। यही कारण उनले सहभागीता नजनाएका हुन्।

सदभावसँग यो प्रतियोगिताको अनुभव रहेको र पछिल्लो समय एसियन गेम्स र एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपमा पनि सहभागी भएको कारण उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। राहुलले पछिल्लो समय तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेका थिए। केहि दिनदेखि सदभाव र राहुलले गोकर्ण गल्फ क्लबमा प्रतियोगिताको तयारी गरिरहेका छन्। राष्ट्रिय टिमबाट राहुलले पहिलो पटक सहभागीता जनाउन लागेका हुन्।

सदभाव र राहुलसहित टिम व्यवस्थापक तथा नेपाल गल्फ संघका सचिव श्रीराम भण्डारी सोमबार ढाका प्रस्थान गर्नेछन्।

कश्मीराले वुमन्स एमेच्योर एसिया प्यासिफिक च्याम्पियनसीपमा भाग लिँदैछिन्। थाइल्यान्डको पटायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसीपमा वरियताको आधारमा कश्मीरालाई नेपाल गल्फ संघले छनोट गरेको हो। उनी वरियतामा ९ सय ३७ औं स्थानमा रहेकी छन्।

च्याम्पियनसीप माघ १८ गतेदेखि २१ गतेसम्म हुनेछ। जहाँ एसियाका ९० महिला एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्।कश्मीराले यो प्रतियोगिता लगातार दोस्रो पटक खेल्न लागेकी हुन्।

कश्मीरा आइतबार नै बैंकक जाँदैछिन्। नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त प्रतियोगितामा व्यवस्थापकको भुमिका निर्वाह गर्नेछन्। 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।