माघ १६, २०८२ शुक्रबार | १९:२३:४९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

श्यामलाई टप अफ दि वर्ल्ड गल्फ क्लासिकको उपाधि

मुस्ताङ । श्याम तामाङ लगातार दोस्रो पटक टप अफ दि वर्ल्ड गल्फ क्लासिककोच्याम्पियन बनेका छन्।

मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा साबिक विजेता श्यामले १९ अंकसहित उपाधि रक्षा गरे। उनले लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । लिलाले १८ अंक जोडे ।

ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते। उनी ११ अंकमा याम राणा र पीबी राईसँग बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो।

महिलातर्फ जुनी गुरूङले १५ अंकका साथ उपाधि जितिन् ।  उनले सुष्मा सिंहलाई पराजित गरिन। दोस्रो भएकी सुष्माले १३ अंक जोडेकी थिइन् । सिनियरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए।

प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधब सिम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते। 

४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरको सहभागिता  थियो। विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए।

उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पुग्ने जिकिर गरे। गत वर्ष यो गल्फ कोर्सको उदघाटन भएको थियो ।

मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्चिर्डको सहयोगमा सम्पन्न भएको हो।

विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल विष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरे।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।