चैत्र ९, २०८२ सोमबार | ०४:२०:४१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

श्यामलाई टप अफ दि वर्ल्ड गल्फ क्लासिकको उपाधि

मुस्ताङ । श्याम तामाङ लगातार दोस्रो पटक टप अफ दि वर्ल्ड गल्फ क्लासिककोच्याम्पियन बनेका छन्।

मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा साबिक विजेता श्यामले १९ अंकसहित उपाधि रक्षा गरे। उनले लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । लिलाले १८ अंक जोडे ।

ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते। उनी ११ अंकमा याम राणा र पीबी राईसँग बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो।

महिलातर्फ जुनी गुरूङले १५ अंकका साथ उपाधि जितिन् ।  उनले सुष्मा सिंहलाई पराजित गरिन। दोस्रो भएकी सुष्माले १३ अंक जोडेकी थिइन् । सिनियरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए।

प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधब सिम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते। 

४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरको सहभागिता  थियो। विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए।

उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पुग्ने जिकिर गरे। गत वर्ष यो गल्फ कोर्सको उदघाटन भएको थियो ।

मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्चिर्डको सहयोगमा सम्पन्न भएको हो।

विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल विष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरे।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो