चैत्र ५, २०८२ बिहीबार | २२:१९:३६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सुवास च्याम्पियन

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास  तामाङ च्याम्पियन बनेका छन् ।

सुवासलेले अन्तिम दिन शुक्रबार ७-अन्डर ६५ को उत्कृष्ट स्कोर गरे। समग्रमा २१-अन्डर २ सय ६७ सहित सुवासले अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराए।

सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो। उनले आज प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य सानदार गरे।

प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन्। राष्ट्रिय टोलीका खेलाडी युवा गल्फर सद्भावले १- अन्डर ७१ सहित समग्रमा १७- अन्डर २ सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे। उनी एमेच्योरर्फ पनि दोस्रो भए।

धरानका नीरज तामाङले शुक्रबार ४- अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२- अन्डर २ सय ७६ सहित तेस्रो भए। प्रोफेसनलतर्फ उनी पहिलो भए। उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे।

साबिक विजेता शुक्रबहादुर राईले ४- अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११- अन्डर २ सय ७७ सहित चौंथो स्थान प्राप्त गरे। प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे। यो पुरस्कार राशीमा शुक्रले नम्बर एकको स्थानलाई जोगाएका छन्। यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे।

भुवन नगरकोटीले समग्रमा ५- अन्डर २ सय ८३ स्कोर गरे। अन्तिम दिनको खेल इभन पार ७२ मा सकाउँदै भुवन पाँचौ भए। प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे। २- ओभर ७४ स्कोर गर्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं भए। प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे।

यसैगरी समग्रमा १- अन्डर २ सय ८७ सहित तोरणविक्रम शाही सातौं भए। उनले शुक्रार इभन पार ७२ मा खेल सकाए। प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे। ३ ओभर ७५ सहित समग्रमा १- ओभर २ सय ८९ को स्कोरमा‌ शिवराम पौडेल आठौं भए। उनले ७९ हजार नगद प्राप्त गरे। प्रोतर्फ शिवराम छैटौं स्थानमा रहे।

समग्रमा २-ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे। उनले शुक्रबार ४- ओभर ७७ मा खेल सकाए। प्रोतर्फ उनी सातौ भए।

पुर्णप्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले समग्रमा ३- ओभर २ सय ९१ स्कोर गरे।  उनीहरूले जनही ६५ हजार प्राप्त गरे।

अन्तिम १८ होलको खेल बाँकी छँदा सुवास सद्भाव भन्दा दुई स्ट्रोकले पछि थिए। सुवास र तेस्रो दिनका लिडर सद्भावले फ्रन्ट नाइन समान ३ अन्डर ३३ मा सकाए। दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। 

अन्तिम नौ होलको खेल बाकी छँदा सद्भावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो। तर ब्याक नाइनमा सद्भावले खेल बिगारे। १६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक एक सट खेर फाले।

यता सुवासले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे। १४औं होलमा एक सट खेर फाले पनि ५ पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४ - अन्डर ३२ मा पुरा गरेर च्याम्पियन बने ।

नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २- अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे। यसपछि १३औं र १५औं होलमा एक एक सट खेर फाले। 

उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे। उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) नेपालद्धारा आयोजित तथा सुर्य नेपाल प्रालिद्धारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता थियो। 

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत शनिबार प्रोएम प्रतियोगिता हुनेछ। कुल २५ प्रो र एक सय कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन्।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो