फाल्गुन ७, २०८२ बिहीबार | २३:५९:५०
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

सदभाव बने कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी

काठमाडौं । १६ वर्षीय युवा गल्फर सदभाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्।

सदभावले अन्तिम दिन ४-अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३-अन्डर २ सय ६९ सहित उपाधि जितेका हुन्। उनले  साबिक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछाडी पारेका हुन् ।

यससँगै सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सुर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन्। १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुवास तामाङको रेकर्ड तोडेका हुन्। 

 सुवासले सन् २०१९ मा १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए। सुवासले त्यतीबेला भुवनलाई नै पछाडी पार्दै सूर्य नेपाल च्यालेन्ज जितेका थिए । 

अनुभवी गल्फर भुवन इभन -पार ६८ सहित समग्रमा १-अन्डर २ सय ६१ को नतिजामा दोस्रो भए। समग्रमा दोस्रो हुदा प्रोतर्फ भने उनी पहिलो भए। उनले  एक लाख रुपैयाँ  प्राप्त गरे। तेस्रो दिनका लिडर रवी खड्काले ३-ओभर ७१ को खराब प्रदर्शन गरे। समग्रमा इभन-पार २ सय ७२ मा खेल सकाए। समग्रमा तेस्रो भएका उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे।

नेपाल नम्बर एक एमरच्योर खेलाडी सुवास तामाङले अन्तिम दिन इभन-पार ६८ मा खेल सकाए। समग्रमा ३-ओभर २ सय ७५ को स्कोरमा चौथो भए। उनी एमरच्योरतर्फ दोस्रो भए।

३-ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५-ओभर २ सय ७७ मा प्रतियोगिता सकाए। समग्रमा पाँचौ भएका उनले प्रोमा भने तेस्रो हुदै ४६ हजार रुपैयाँ  प्राप्त गरेका छन्।

समग्रमा ८-ओभर २ सय ८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्तरुपमा छैटौ स्थान बाँडे। भुवनले ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनले २-ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए। प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार रुपैयाँ  हात पारे।

भेट्रान गल्फर दीपक मगर र जयराम श्रेष्ठ समग्रमा १०-ओभर २ सय ८२ सहित संयुक्तरुपमा आठौं भए। दीपकले ४-ओभर ७२ र जय रामले २-ओभर ७० मा खेल सकाए। प्रो तर्फ छैटौ भएका दुवैले २८ हजार ५ सय रुपैयाँ  प्राप्त गरे। समग्रमा ११-ओभर २ सय ८३ को नतिजामा सञ्जय लामा दशौं भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए। प्रोतर्फ आठौं भएका उनलाई २४ हजार रुपैयाँ  प्रदान गरियो।

अन्तिम १८ होलको सुरूवात गर्दा तेस्रो दिनका लिडर रवी भन्दा चार स्ट्रोकले पछि परेका युवा गल्फर सदभावले परिपक्व खेल खेले। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। दोस्रो, चौथो र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे।

 ३-पारको तेस्रो होलमा एक सट खेर फाले। यसपछि दशौं होलमा बोगी खेपे। उनलाई डिफेन्डिङ च्याम्पियन भुवनले कडा चुनौती दिरहेका थिए। तर सदभावले बिना दबाब १३औं, १६औं र १७औं गोलमा बर्डी प्रहार गर्दा दिनको उत्कृष्ट स्कोर कार्डका साथ पहिलो पटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते। उपाधि जितेपछि खुशी बनेका सदभावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले यो सफलता प्राप्त गरेको बताए।

भुवनले २-अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा पाँचौ होलमा बोगी खेपे। ब्याक नाइनमा लय गुमाएका उनले १०औं, १२औं,१४औं र १८औं होलमा एक/ एक सट खेर फाले। ११औं र १३औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-ओभर ३६ मा सकाए।

पहिलो र तेस्रो दिन शीषस्थानमा रहेका रवीले अन्तिम दिन खराब प्रदर्शन गरे। सुरूवात राम्रो गर्दै पहिलो दोस्रो र चौथों होलमा बर्डी प्रहार गरे। तर सातौ होलमा डबल बोगी खेपेपछि उनले लय गुमाए। लगतै आठौं र नवौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन १-ओभर ३५ मा पुरा गरे। यसपछि दशौं र १६औं होलमा एक/एक सट बचाए पनि १२औं र १५औं होलमा बोगी प्रहार मात्र गरेनन्। अन्तिम होलमा दिनको दोस्रो डबल बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कुल पाँच लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, पिजिए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरेका थिए। 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||