चैत्र ८, २०८२ आइतबार | ०६:५७:१९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

ऐतिहासिक रजत विजेता सुस्माले सरकारबाट ६ लाख पाउने

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुस्मा तामाङले सरकारबाट ६ लाख  रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । बुधबार सम्पन्न फाइनलमा सुस्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित भएकी थिइन् । त्यसअघि उनी भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

जसअनुसार मुख्य प्रशिक्षक दीपक महर्जन र संघले समान एक लाख ८० हजार तथा प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार रुपैयाँ पाउनेछन् ।

च्याम्पियनसिपमा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जवेगुले समान ३ लाख पाउनेछन् । तीनै खेलाडी सेमिफाइनलमा पराजित भएका थिए ।

यसै खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालको तर्फमबाट  समान तीन महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो