माघ १७, २०८२ शनिबार | ०२:५६:१७
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

ऐतिहासिक रजत विजेता सुस्माले सरकारबाट ६ लाख पाउने

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुस्मा तामाङले सरकारबाट ६ लाख  रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । बुधबार सम्पन्न फाइनलमा सुस्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित भएकी थिइन् । त्यसअघि उनी भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

जसअनुसार मुख्य प्रशिक्षक दीपक महर्जन र संघले समान एक लाख ८० हजार तथा प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार रुपैयाँ पाउनेछन् ।

च्याम्पियनसिपमा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जवेगुले समान ३ लाख पाउनेछन् । तीनै खेलाडी सेमिफाइनलमा पराजित भएका थिए ।

यसै खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालको तर्फमबाट  समान तीन महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।