माघ १७, २०८२ शनिबार | १६:५३:२४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

शिरिष फाउन्डेसनले गर्यो खेलाडीको बिदाइ, सानका निर्देशक र उपनिर्देशकलाई बधाइ

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङको फाउन्डेसनले एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन थाइल्यान्ड जान लागेकी खेलाडी सुष्मा तामाङलाई बिदाइ गरेको छ ।

सुष्माले थाइल्यान्डको बैंककमा सोमबार सुरु भएर ११ दिनसम्म चल्ने एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । चौथो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने तयारीमा रहेकी सुष्माले महिला ४५ देखि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

सुष्मालाई सफलताको सुभकामनासहित फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ, सचिव श्रीराम गुरुङ र सल्लाहकार शान्ती स्थापितलगायतले एक कार्यक्रमका बीच बिदाइ गरे । सो अवसरमा फाउन्डेसनका कार्यालय सचिव तथा सदस्य जगतमान श्रेष्ठले प्रतियोगितामा सफलता हासिल गरे सुष्मालाई पुरस्कृत गरिने बताए ।

सुष्मा शिरिष फाउन्डेसनको दोस्रो ब्याचकी छात्र हुन् । फाउन्डेसनले उनको खेल पोशाक र खुराकका लागि प्रायोजन गर्दै आएको छ । यसअघि उसुकी निमा घर्ती मगरले फाउन्डेसनबाट यस्तै प्रायोजन प्राप्त गरेकी थिइन ।

थाइल्यान्डको प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली बक्सिङ टोली सोमबारै बैंकक प्रस्थान गर्दैछ ।

कार्यक्रममा फाउन्डेसनको पाँच सदस्यीय ‘एक्सपर्ट प्यानल’का विज्ञहरु एथ्लेटिक्सका सुशीलनरसिंह राणा र विश्वप्रकाश थापा, नेपाली तेक्वान्दोकी शीखर महिला ओलम्पियन संगीना बैद्य, बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा र भलिबलका वरिष्ठ प्रशिक्षक कपिलकिशोर श्रेष्ठको पनि उपस्थिती थियो ।

आफ्ना एक्सपर्टद्धय प्रचण्ड शर्मा राष्ट्रिय खेकलुद परिषदअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशक तथा ओलम्पियन शंगीना बैद्य उपनिर्देशकमा बढुवा भएकोमा फाउन्डेसनले बधाइ ज्ञापन पनि गरेको छ ।

बधाइ ज्ञापनका अवसरमा फाउन्डेसनले शर्मा र बैद्यको नेतृत्व सक्षम खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल हुने विश्वास व्यक्त गरेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।