चैत्र १६, २०८२ सोमबार | १७:१८:२५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

शिरिष फाउन्डेसनले गर्यो खेलाडीको बिदाइ, सानका निर्देशक र उपनिर्देशकलाई बधाइ

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङको फाउन्डेसनले एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन थाइल्यान्ड जान लागेकी खेलाडी सुष्मा तामाङलाई बिदाइ गरेको छ ।

सुष्माले थाइल्यान्डको बैंककमा सोमबार सुरु भएर ११ दिनसम्म चल्ने एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । चौथो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने तयारीमा रहेकी सुष्माले महिला ४५ देखि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

सुष्मालाई सफलताको सुभकामनासहित फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ, सचिव श्रीराम गुरुङ र सल्लाहकार शान्ती स्थापितलगायतले एक कार्यक्रमका बीच बिदाइ गरे । सो अवसरमा फाउन्डेसनका कार्यालय सचिव तथा सदस्य जगतमान श्रेष्ठले प्रतियोगितामा सफलता हासिल गरे सुष्मालाई पुरस्कृत गरिने बताए ।

सुष्मा शिरिष फाउन्डेसनको दोस्रो ब्याचकी छात्र हुन् । फाउन्डेसनले उनको खेल पोशाक र खुराकका लागि प्रायोजन गर्दै आएको छ । यसअघि उसुकी निमा घर्ती मगरले फाउन्डेसनबाट यस्तै प्रायोजन प्राप्त गरेकी थिइन ।

थाइल्यान्डको प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली बक्सिङ टोली सोमबारै बैंकक प्रस्थान गर्दैछ ।

कार्यक्रममा फाउन्डेसनको पाँच सदस्यीय ‘एक्सपर्ट प्यानल’का विज्ञहरु एथ्लेटिक्सका सुशीलनरसिंह राणा र विश्वप्रकाश थापा, नेपाली तेक्वान्दोकी शीखर महिला ओलम्पियन संगीना बैद्य, बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा र भलिबलका वरिष्ठ प्रशिक्षक कपिलकिशोर श्रेष्ठको पनि उपस्थिती थियो ।

आफ्ना एक्सपर्टद्धय प्रचण्ड शर्मा राष्ट्रिय खेकलुद परिषदअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशक तथा ओलम्पियन शंगीना बैद्य उपनिर्देशकमा बढुवा भएकोमा फाउन्डेसनले बधाइ ज्ञापन पनि गरेको छ ।

बधाइ ज्ञापनका अवसरमा फाउन्डेसनले शर्मा र बैद्यको नेतृत्व सक्षम खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल हुने विश्वास व्यक्त गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो