चैत्र ८, २०८२ आइतबार | २०:३५:२२
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

 ६ महिनाभित्रै निर्वाचन गर्ने बक्सिङ संघको निर्णय

काठमाडौं। नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठक शुक्रबार सम्पन्न भएको छ । उक्त बैठकले ६ महिना भित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

‘कार्य समितिको बैठकले आगामी संघको अधिवेशन आजका मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरीयो र यसका लागि राखेपमा आवश्यक पत्राचार गरि मितिलिने निर्णय गरियो’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुर्ण कार्य समितिको बैठकमा संघका अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी,उपाध्यक्ष नरेन्द्र पोमो,उपाध्यक्षद्धय भोजराज सिटौला,किरणबहादुर श्रेष्ठ,महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मानबहादुर भण्डारी, ओम नारायण श्रेष्ठ,पुष्कर राज पन्त,श्याम काजी अवाले,शोभार जंग केसी,लक्ष्मण कार्की,रमेश अधिकारी,पूर्व प्रमुख प्रशिक्षकद्धय प्रकाश थापामगर,ओम मास्के,टेक्निकल संयोजक दीपक महर्जन,दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर,लगायतको उपस्थिति थियो । 

उक्त बैठकअघि बक्सिङको दीगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो । नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल बक्सिंग संघका पूर्व  अध्यक्ष उमेश मास्के,निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो । 
 


उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिंगको दीगो विकासका लागि बक्सिंग विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।

यसैगरी संघका सम्पुर्ण पदाधिकारी,सदस्यहरु,संघका सस्थापक अध्यक्ष पुर्व अध्यक्षहरु,पुर्व प्रमुख प्रशिक्षकह तथा पूर्व जजहरुले बक्सिङ विकास र एकताको निम्ति एक्यबद्धता जाहेर गरेका थिए । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो