चैत्र ८, २०८२ आइतबार | ०२:४०:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एएसबिसी छनोट बक्सिङ सुरु

काठमाडौं, (खेलाडी)- नेपाल बक्सिङ संघको आयोजनामा एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्‍ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी ३५ खेलाडीको सहभागिता छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २/२ गरी ४ स्पर्धामा खेल भइरहेको छ ।

पुरुष/महिलाको संख्या यकिन नभए पनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् । उत्कृष्‍ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने अध्यक्ष अवालेले जानकारी गराए । प्रतियोगिता अगस्ट १७ देखि ३१ तारिखसम्म दुबईमा हुँदैछ ।

पहिलो दिन युथतर्फ पुरुष ६० केजीमा भूपु बक्सिङ, कास्कीका निश्‍चल गुरुङले रोल्पाका गौतम पुन मगरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे । 

जुनियर पुरुषको ५७ केजीमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्‍ठलाई हराउदै फाइनलमा पुगे । 

युथको पुरुष ५४ केजीमा झापाका प्रवीण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पन्छ्याउदै फाइनलमा पुगे । 

युथको पुरुष ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पाखा लगाए ।

युथको महिला ४८ केजीमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरिन् ।

जुनियरतर्फ पुरुष ५० केजीमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापा, ५४ केजीमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराज तथा ७५ केजीमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई फाइनलमा पराजित गरे ।

जुनियर महिलाको ५० केजीमा मकवानपुरकी रोशनी घलानले दमककी अनिशा खवास तथा ५४ केजीमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई फाइनलमा पाखा लगाए । प्रतियोगिता मंगलबार सम्पन्‍न हुने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो