माघ १६, २०८२ शुक्रबार | १७:५८:१५
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एएसबिसी छनोट बक्सिङ सुरु

काठमाडौं, (खेलाडी)- नेपाल बक्सिङ संघको आयोजनामा एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्‍ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी ३५ खेलाडीको सहभागिता छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २/२ गरी ४ स्पर्धामा खेल भइरहेको छ ।

पुरुष/महिलाको संख्या यकिन नभए पनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् । उत्कृष्‍ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने अध्यक्ष अवालेले जानकारी गराए । प्रतियोगिता अगस्ट १७ देखि ३१ तारिखसम्म दुबईमा हुँदैछ ।

पहिलो दिन युथतर्फ पुरुष ६० केजीमा भूपु बक्सिङ, कास्कीका निश्‍चल गुरुङले रोल्पाका गौतम पुन मगरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे । 

जुनियर पुरुषको ५७ केजीमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्‍ठलाई हराउदै फाइनलमा पुगे । 

युथको पुरुष ५४ केजीमा झापाका प्रवीण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पन्छ्याउदै फाइनलमा पुगे । 

युथको पुरुष ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पाखा लगाए ।

युथको महिला ४८ केजीमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरिन् ।

जुनियरतर्फ पुरुष ५० केजीमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापा, ५४ केजीमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराज तथा ७५ केजीमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई फाइनलमा पराजित गरे ।

जुनियर महिलाको ५० केजीमा मकवानपुरकी रोशनी घलानले दमककी अनिशा खवास तथा ५४ केजीमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई फाइनलमा पाखा लगाए । प्रतियोगिता मंगलबार सम्पन्‍न हुने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।