चैत्र १३, २०८२ शुक्रबार | ०८:०१:४९
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ सुरु

प्रतियोगिताको उद्घाटन गरिदै

काठमाडौं ।  नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता  सुरु भएको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा सोमबार प्रतियोगिताको उद्घाटन राखेपका संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले थाइल्यान्डमा भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका गुणराज रुचाललाई सम्मान गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री विना थापा मगर, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ गरी ३१ टोलीका १७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ १० गरी २३ स्पर्धामा खेल भइरहेको छ । हरेक स्पर्धाका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता असार २१ गते सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो