काठमाडौं । चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ ।
मंसिर २५ देखि २९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल उप्रेती, ५४ केजीमा सिंहवीर लिम्बु, ५७ केजीमा छिरिङ वाङदी शेर्पा, ६० केजीमा शुलभ माली र ६३ केजीमा रिजन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा सन्जिप श्रेष्ठ तथा व्यवस्थापकमा स्मृति विश्वास छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार बिदाइ गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
