चैत्र ५, २०८२ बिहीबार | १२:२९:४९
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

मास्केको त्यो ऐतिहासिक कांस्य

धेरैपल्ट सुनेका छौं हामीले । यस्तो पनि हुँदोरहेछ । चन्द्रमामा पहिलो पाइला टेक्ने निल आम्स्ट्रङ थिए । यो सबैलाई थाहा छ । अनि दोस्रो ? कमैलाई मात्र थाहा होला । 

त्यस्तै, नेपाली खेलकुदमै पनि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीबारे कम्तीमा केहीलाई थाहा छ । ती हुन् जितबहादुर केसी । उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथलेटिक्स च्याम्पियनसिपमा म्याराथनतर्फ कांस्य पदक जितेका थिए ।

अनि, नेपाललाई दोस्रो अन्तर्राष्ट्रिय पदक कसले दिलाएका थिए ?

सायद यसको उत्तर दिनसक्ने कमै छन् । बक्सिङमा उमेश मास्केले जितेको कांस्य नै नेपालले जितेको दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यो हाजिरीजवाफका लागि एउटा ठोस प्रश्न र उत्तर भयो । अनि आफैंमा यो धेरै ठूलो उपलब्धि हो । 

सन् १९८० मा मास्केले यो उपलब्धि आत्मसात् गरेका थिए । अवसर थियो, भारतको तात्कालीन बम्बईमा भएको नवौं एसियाली एमेच्योर बक्सिङ च्याम्पियनसिप । मास्केको यो उपलब्धिलाई हेर्ने एउटा अर्को गज्जब कोण पनि छ । यो हो, नेपाली बक्सिङले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । 
  
यस्तोमा भन्न कर लाग्छ, मास्केको उपलब्धि नेपाली खेलकुदको दृष्टिकोणले आम्स्ट्रङको पहिलो पाइलाभन्दा कम्ती छैन । भित्री काठमाडौंको मरुस्थित अट्कोनारायण टोलमा जन्मेहुर्केका मास्के अहिले ६५ वर्षका भए । 

टोलकै प्रसिद्ध योङस्टार क्लबमा बक्सिङ सिकेका उनी सुरुआती दिन फुटबलका खेलाडी थिए । एनआरटीबाट योगम्बर सुवाल र महेश्वर मुल्मीसँग फुटबल खेल्थे । कुनै एक दिन ठिटो मास्केले अब बक्सिङ मात्र खेल्छु भन्ने निर्णय के गरे, त्यसपछिका घटनाक्रम त इतिहास नै भए । 
  
सन् १९८० मा नेपालले त्यो नवौं एसियाली एमेच्योर बक्सिङ च्याम्पियनसिप खेल्ने भएपछि छनोट प्रतियोगिता पनि भएको थियो । त्यो छनोटमा के कस्तो भएको थियो, धेरैलाई हेक्का छैन । बम्बईमै कति खेलाडी गएका थिए, त्यो पनि अहिले याद छैन । मास्केकै सम्झनामा एक खेलाडी उनी आफैं भए । अर्का खेलाडी थिए पुष्करध्वज शाही । यो त्यो समय थियो, जतिबेला नेपाली बक्सिङमा दलबहादुर रानामगरको उदयसमेत भएको थिएन । 
  
मास्केलाई के याद छ भने बम्बई गएको टोलीका प्रशिक्षक लक्ष्मण शम्शेर थापा थिए भने व्यवस्थापक मन्जुजंग थापा । अनि तत्कालीन बक्सिङ संघका अध्यक्ष थिए विष्णुगोपाल श्रेष्ठ । 

संघसँग पैसा थिएन, त्यसैले नेपाली टोली बस र रेल चढेर मुम्बई पुग्यो । बम्बई पुग्न साता दिन जत्तिकै लागेको थियो । मास्केले ६० केजी तौल समूहको लाइटवेटमा खेलेका थिए । पहिलो भिडन्तमा बाइ पाए । दोस्रो भिडन्त बंगलादेशी खेलाडीविरुद्ध थियो, त्यो अंकका आधारमा जिते ।

ती बंगलादेशी खेलाडी को थिए, त्यो पनि कसैलाई थाहा छैन । यही जितले उनलाई सेमिफाइनलसम्म पुर्यायो । नेपालले कम्तीमा एक कांस्य पदक जित्ने निश्चित गरेको थियो । 

सेमिफाइनलमा उनका प्रतिद्वन्द्वीबारे भने सबैलाई थाहा छ । ती हुन्, दक्षिण कोरियाका प्रसिद्ध किम डङ किल । उनी त्यो जमानाका कहलिएका बक्सर थिए, प्रतिद्वन्द्वीलाई मौका पायो कि ढालिहाल्ने । फेरि त्यो समय एसियाली बक्सिङमा दक्षिण कोरियाको जगजगी थियो ।

मास्केलाई याद छ, तिनै किम डङविरुद्ध उनी एक मिनेट जति रिङमा टिके तर आरएससीका आधारमा पराजित भए । उनी आफै नकआउट भएनन्, तर किम डङको एक मुक्का उनको दायाँ आँखामा नराम्रोसँग लागेको थियो । लगत्तै आँखा सुन्निएर एक डल्लो जस्तै भएको थियो । त्यहाँबाट रगत पनि बग्यो । यस्तोमा रेफ्रीसामु खेल रोक्नुबाहेक अर्को विकल्प थिएन । तर यो बिर्सनलायक हार भोगे पनि मास्केले एउटा सम्झनलायक पदक भने आफ्नो नाममा लेखाइसकेका थिए ।

 
  
पदक त जिते, तर होटल फर्केपछि पहिलोपल्ट ऐनामा आफ्नो अनुहार हेर्दा उनी आफैं नराम्रोसँग झस्किए । दायाँ आँखा सुन्निएर टेबलटेनिसको बलजस्तो भएको थियो । त्यसपछि त के चाहियो र ? अबोध मास्के ऐनामा हेर्दै रुन थाले । उनलाई लागेको रहेछ, एउटा आँखा नदेख्ने कानोलाई अब कसले पो बिहे गर्छ ? उनलाई आफ्नो भविष्यबारे साह्रै चिन्ता लागेको थियो । त्यही बेलाको एउटा घटनाले उनी अझै पनि दंग पर्छन् । 
  
भएछ के भन्दा नेपालले बक्सिङमा पदक जितेको समाचार त्यतिबेला बम्बईमा रहेकी प्रसिद्ध गायिका सुष्मा श्रेष्ठले पनि सुनेकी रहिछन् । नेपाली चलचित्रजगतकी प्रसिद्ध यी गायिका अचेल मुम्बई फिल्मी उद्योगमा पूर्णिमा नामले परिचित छन् । टेलिजिभनमा मास्केले कांस्य पदक जितेको सुनेकी थिइन्, त्यसैले यी खेलाडीलाई भेट्न होटलसम्मै आइन् । यता मास्केको हालत ठीक थिएन । 

कुरै कुरामा थाहा भयो, मास्के रहेछन् अट्कोनारायण टोल मरुका । श्रेष्ठ परेछन्, इन्द्रचोकका । आत्मीयता बढिहाल्यो । आखिरमा मरुबाट इन्द्रचोकसम्म दौडियो भने पनि मिनेट भरमै पुग्न सकिन्छ । यस्तोमा श्रेष्ठले सान्त्वना दि“दै भनेकी रहिछिन्, ‘चिन्ता लिनुपर्दैन, यो आँखा चाँडै ठीक हुन्छ ।’ 

उनले भन्दैमा कहाँ हुन्छ र ? त्यो आँखाबाट फेरि हेर्न पाउन एक वर्षजति लाग्यो । निको भएसकेपछि पनि आँखामा एक कालो दाग बस्यो नै । त्यो एक वर्षजति मास्केले आँखामा कालोपट्टि राख्नुपरेको थियो । 
  
यस्तोमा उनको अनुहार कोही सिनेमाका खलनायकको जस्तो थियो । जसको एउटा आँखा छापेको हुन्थ्यो, अर्को आँखा भने खुला हुन्थ्यो । पदक जितेपछि खुसीयालीमा नेपाली टिम रेल र बसबाट काठमाडौं फर्केन, विमानबाट आएको थियो ।

काठमाडौंमा भव्य स्वागत भयो । मास्के परिवारमा खुसीयाली छाएकै थियो । तर मास्केकी आमाले भनेकी रहिछन्, ‘पदक जित्नु त ठीक हो, तर सकेसम्म अबदेखि बक्सिङचाहि“ नखेल्नु ।’ आखिर जन्मदिने आमाले छोराको चोटग्रस्त आँखा कसरी पो हेर्न सक्थिन र ?


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं