चैत्र ४, २०८२ बुधबार | १६:४६:४६
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

प्रकाश दाहाल स्मृति बक्सिङ असार तेस्रो साता

काठमाडौं । प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ ।

अखिल नेपाल खेलकुद संघको आयोजनामा प्रतियोगिताको तेस्रो संस्करण असार १७ देखि २० गतेसम्म बुढानीलकण्ठमा हुन लागेकाे हो ।

प्रतियोगितामा ओलम्पिक तौल पुरुषतर्फ सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथि तथा महिलातर्फ ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए । उनले हरेक तौल समूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने बताए । केसीले पुरस्कारका बारेमा पछि विस्तृत रुपमा जानकारी दिने बताए ।

पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रवक्ता श्याम अवाले, केन्द्रीय सदस्य मानबहादुर भण्डारी, प्रनिर अधिकारी, अखिल नेपाल खेलकुद संघका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी, प्रशिक्षक र बक्सिङप्रेमीको उपस्थिति थियो ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं