मंसिर १८, २०८२ बिहीबार | २३:२३:५६
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः लक्ष्मणको विजयी सुरुआत

काठमाडौं । मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्धारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे । 

सोही स्पर्धामा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, नेपाल एपीएफ क्लबका आश तामाङले सुदूरपश्चिम प्रदेशका चिरन्जिवी खड्का तथा कोशी प्रदेशका फुङलाङ काम्वाङले गण्डकी प्रदेशका रुकी गुरुङलाई हराए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष ६३ केजीमा कोशीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए । पुरुष ६१ केजीमा मधेशका शशि शाक्यले कर्णाली प्रदेशका देवेन्द्र थापालाई पन्छाए ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले  उद्घाटन गरेका थिए । सो अवसरमा भारतको नयाँ दिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अन्जनी तेलीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली नेपाल प्रहरी र एपिएफका एक सय आठ खेलाडी सहभागी छन् । पुरुष/महिलामा समान ६ स्पर्धा समावेश छन् । 

हरेक स्पर्धाका विजेताले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले समान सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS