चैत्र १८, २०८२ बुधबार | १३:३७:३१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नखिपोट बास्केटबल प्रतियोगिताः आयोजक नखिपोट र आर्मीको विजयी सुरुआत

पाटन। आयोजक नखिपोट युवा क्लब ‘ए’ र नेपाल आर्मीले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु-२३ बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शनिबार विजयी सुरुआत गरेका छन् ।

नखिपोट ‘ए’ ले गोब्लिन्सलाई ७७-६० ले पराजित गर्यो । नखिपोट ‘ए’ को जितमा सुजन पाण्डेले २८ अंक योगदान गरे । निकेश मगरको १५ अंक सहयोगमा आर्मीले कीर्तिपुर ‘ए’ लाई ९१-४३ ले हरायो ।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै ओइभिस हाउन्ड्स र बौद्ध ‘ए’ ले पनि जितका साथ प्रतियोगिताको सुरुआत गरेका छन् ।

ओइभिएसले कीर्तिपुर ‘बी’ माथि १०२-७० को सहज जित दर्ता गर्यो । विजेताका दिप्सन केसीले ३४ अंक जोडे । बौद्ध ‘ए’ ले रोयल्सलाई ७७-७० ले स्तब्ध बनायो । बौद्ध ‘ए’ का तेन्जिङ सोनाम भुटियाले २८ स्कोर गरे ।

प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृत महतले  गरे ।

प्रतियोगितामा पुरुषतर्फ १९ टोली सहभागी छन् । विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई २५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

महिलातर्फ चार टोली सहभागी छन् । पहिलोले ५० हजार तथा दोश्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्परसँगै १५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । पुरुष/ महिला दुवैमा सहभागी टोलीले तीन विदेशी राख्न पाउने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो