माघ ११, २०८२ आइतबार | ०३:११:२५
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

नखिपोट बास्केटबल प्रतियोगिताः आयोजक नखिपोट र आर्मीको विजयी सुरुआत

पाटन। आयोजक नखिपोट युवा क्लब ‘ए’ र नेपाल आर्मीले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु-२३ बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शनिबार विजयी सुरुआत गरेका छन् ।

नखिपोट ‘ए’ ले गोब्लिन्सलाई ७७-६० ले पराजित गर्यो । नखिपोट ‘ए’ को जितमा सुजन पाण्डेले २८ अंक योगदान गरे । निकेश मगरको १५ अंक सहयोगमा आर्मीले कीर्तिपुर ‘ए’ लाई ९१-४३ ले हरायो ।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै ओइभिस हाउन्ड्स र बौद्ध ‘ए’ ले पनि जितका साथ प्रतियोगिताको सुरुआत गरेका छन् ।

ओइभिएसले कीर्तिपुर ‘बी’ माथि १०२-७० को सहज जित दर्ता गर्यो । विजेताका दिप्सन केसीले ३४ अंक जोडे । बौद्ध ‘ए’ ले रोयल्सलाई ७७-७० ले स्तब्ध बनायो । बौद्ध ‘ए’ का तेन्जिङ सोनाम भुटियाले २८ स्कोर गरे ।

प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृत महतले  गरे ।

प्रतियोगितामा पुरुषतर्फ १९ टोली सहभागी छन् । विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई २५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

महिलातर्फ चार टोली सहभागी छन् । पहिलोले ५० हजार तथा दोश्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्परसँगै १५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । पुरुष/ महिला दुवैमा सहभागी टोलीले तीन विदेशी राख्न पाउने छन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate