माघ १९, २०८२ सोमबार | ०२:५३:५९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

तार्केश्वर मेयर रनिङ शिल्डः बास्केटबलको नकआउट समीकरण पूरा

सांकेतिक तस्बिर

काठमाडौं । दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको नकआउट समीकरण पूरा भएको छ।

जुनियर ब्वाइजमा सेमिफाइनल तथा गर्ल्समा  क्वार्टरफाइनल समीरण पूरा भएको हो ।

जुनियर ब्वाइजको सेमिफाइनलमा एलएनएले सिद्धार्थ मोडेल तथा एन्जल्स हार्टले पद्मचक्रको सामना गर्नेछन् ।

गर्ल्समा पद्मचक्र र ल्यान्डमार्क, एलएनए र नर्थ प्वाइन्ट, हिमरश्मी र मानसिंह तथा एन्जल्स र न्यु इराबीच क्वार्टरफाइनल हुनेछ ।

एथलेटिक्समा सनम र अस्मितालाई स्वर्ण

हिमरश्मीका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले  एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलमा भएको प्रतियोगिताको ब्वाइजमा सनमले निर्धारित दूरी ४ मिनेट ३२.०१ सेकेन्डमा पूरा गरे । गर्ल्समा अस्मिताले निर्धारित दूरी तय गर्न ५ मिनेट ३५.३० सेकेन्ड समय खर्चिन् ।

तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १ सय मिटर दौडको ब्वाइजमा एलएनएका सैलेश श्रेष्ठ र गल्र्समा एलएनएकै सुजता बलामी तथा ४ सय मिटर दौडको ब्वाइजमा एलएनएका सन्तबहादुर दराई र गल्र्समा एलएनएकी रोशिका बोथेले स्वर्ण जिते । ४ गुणा १ सय मिटर रिलेको ब्वाइज/ गर्ल्स दुवैमा एलएनएले शीर्ष स्थान हात पार्यो ।

ब्याडमिन्टनः दियोन र अस्मितालाई स्वर्ण
ब्याडमिन्टनमा रोजमेरीका दियोन भण्डारी र एलएनएकी अस्मिता खत्रीले स्पर्ण पदक चुमेका छन् । सिंगल्सको ब्वाइजमा दियोन र गर्ल्समा अस्मिता पहिलो भएका हुन् ।

ब्वाइजमा हिमरश्मीका अर्जुन साउद दोश्रो तथा फुटुङ माविका कमलनाथ योगी र सिद्धार्थ मोडेलका निशान घतानी तेश्रो भए । 

गर्ल्समा स्प्रिङ भ्याली माविकी सुजिना कार्कीले रजत तथा मानसिंह धर्म माविकी डोल्मा तामाङ र हिमरश्मीकी उपसना बोहराले कांस्य पदक हात पारे ।

मिक्स डबल्समा हिमरश्मीका अरुण बस्नेत र कृतिका श्रेष्ठले स्वर्ण, स्प्रिङ भ्यालीका अमृत अधिकारी र काभ्या अधिकारीले रजत तथा एन्जल्स हार्टका सौरभ पुन र आलिया राई तथा मानसिंहका लोकेश बोहरा र स्मृति लामाले कांस्य पदक प्राप्त गरे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।