चैत्र ९, २०८२ सोमबार | ११:५०:५०
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

तार्केश्वर मेयर रनिङ शिल्डः बास्केटबलको नकआउट समीकरण पूरा

सांकेतिक तस्बिर

काठमाडौं । दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको नकआउट समीकरण पूरा भएको छ।

जुनियर ब्वाइजमा सेमिफाइनल तथा गर्ल्समा  क्वार्टरफाइनल समीरण पूरा भएको हो ।

जुनियर ब्वाइजको सेमिफाइनलमा एलएनएले सिद्धार्थ मोडेल तथा एन्जल्स हार्टले पद्मचक्रको सामना गर्नेछन् ।

गर्ल्समा पद्मचक्र र ल्यान्डमार्क, एलएनए र नर्थ प्वाइन्ट, हिमरश्मी र मानसिंह तथा एन्जल्स र न्यु इराबीच क्वार्टरफाइनल हुनेछ ।

एथलेटिक्समा सनम र अस्मितालाई स्वर्ण

हिमरश्मीका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले  एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलमा भएको प्रतियोगिताको ब्वाइजमा सनमले निर्धारित दूरी ४ मिनेट ३२.०१ सेकेन्डमा पूरा गरे । गर्ल्समा अस्मिताले निर्धारित दूरी तय गर्न ५ मिनेट ३५.३० सेकेन्ड समय खर्चिन् ।

तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १ सय मिटर दौडको ब्वाइजमा एलएनएका सैलेश श्रेष्ठ र गल्र्समा एलएनएकै सुजता बलामी तथा ४ सय मिटर दौडको ब्वाइजमा एलएनएका सन्तबहादुर दराई र गल्र्समा एलएनएकी रोशिका बोथेले स्वर्ण जिते । ४ गुणा १ सय मिटर रिलेको ब्वाइज/ गर्ल्स दुवैमा एलएनएले शीर्ष स्थान हात पार्यो ।

ब्याडमिन्टनः दियोन र अस्मितालाई स्वर्ण
ब्याडमिन्टनमा रोजमेरीका दियोन भण्डारी र एलएनएकी अस्मिता खत्रीले स्पर्ण पदक चुमेका छन् । सिंगल्सको ब्वाइजमा दियोन र गर्ल्समा अस्मिता पहिलो भएका हुन् ।

ब्वाइजमा हिमरश्मीका अर्जुन साउद दोश्रो तथा फुटुङ माविका कमलनाथ योगी र सिद्धार्थ मोडेलका निशान घतानी तेश्रो भए । 

गर्ल्समा स्प्रिङ भ्याली माविकी सुजिना कार्कीले रजत तथा मानसिंह धर्म माविकी डोल्मा तामाङ र हिमरश्मीकी उपसना बोहराले कांस्य पदक हात पारे ।

मिक्स डबल्समा हिमरश्मीका अरुण बस्नेत र कृतिका श्रेष्ठले स्वर्ण, स्प्रिङ भ्यालीका अमृत अधिकारी र काभ्या अधिकारीले रजत तथा एन्जल्स हार्टका सौरभ पुन र आलिया राई तथा मानसिंहका लोकेश बोहरा र स्मृति लामाले कांस्य पदक प्राप्त गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो