क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल

अन्तर विद्यालय बास्केटबलः आयोजक ग्रिनल्यान्डको विजयी सुरुआत

काठमाडौं । आयोजक ग्रिनल्यान्डले १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६-१६ ले पराजित गरेको हो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९-११, फेरिल्यान्डले इबिएलाई १८-११, गोल्डेनपिकले युनिभर्सिटीलाई ३०-२२, हिमरश्मीले बिएमसीएलाई १७-११, एन्जल्स हार्टले पारामाउन्टलाई १६-१४ र बिएनएले एलएनएलाई २५-१५ ले हराए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले बीएनएलाई ४०-३५ तथा स्कोलर्स होमले ग्रिनल्यान्ड ‘बी’ लाई ४०-३३ ले स्तब्ध बनाए ।

यसैगरी सिनियर गर्ल्समा ग्रिनल्यान्डले एलएनएलाई २२-१७ तथा केभीकेएसएसले हिमालयलाई ३६-२६ ले पराजित गरे ।