चैत्र १५, २०८२ आइतबार | २२:२३:०९
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा

प्रिन्स दाहाल

काठमाडौं ।  लि-निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ  वरियतातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।

यसैगरी महिलातर्फ समूह ‘ए’ बाट ललितपुरकी रशिला महर्जन र आर्मीकी अनुमाया राई तथा समूह ‘बी’ बाट भोजपुरकी नङ्गशल तामाङ र नेपाल पुलिसकी निता लम्साल सेमिफाइनल प्रवेश गरे ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगितामा बुधबार प्रिन्स पुलिसका जीवन आचार्यलाई २१-१८, २१-१३ ले पराजित गर्दै सेमिमा समूह विजेता बने । प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे ।

देवराज राना

यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल एपिएफका विजित थापा मगरलाई २१-१०, १७-२१, २१-१८ ले पराजित गर्दै लिगमा दुई जितका साथ समूह उपविजेता बने ।

प्रफुल नेपाल पुलिसका विष्णु कटुवाललाई २१-१५, २१-१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा जित  निकाल्दै समूह विजेता बने ।

देवराजले नेपाल पुलिसका दीपक बोहरालाई २१-१२, २१-१५ ले पराजित गरे । समूह उपविजेता  देवराजले लिगका दुई खेलमा जित हात पारे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७-२१, २१-१६, २१-१२ ले पराजित गर्दै समूह विजेताको बनिन् ।

आजको लिग प्रतियोगितामा पराजित भए पनि अनु समूह उपविजेता बन्दै अगाडि  बढिन् । समूह ‘ए’ कै अर्को खेलमा मोरङकी सीमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१-८, २१-९ ले पराजित गरिन् ।

निता लम्साल

नङ्गशलले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१-१०, २१-१३ ले पराजित गर्दै समूह विजेता बिनिन् । उनले आफ्नो समूहको तीनै खेलमा जित हात पारेकी पारिन् ।

अर्को खेलमा निताले एपिएफकी शोभा गौचनमाथि २१-११, २१-११ ले पराजित गरिन् । निता लिगमा दुई जितका साथ उपविजेता बनिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो