चैत्र १२, २०८२ बिहीबार | १४:४२:२८
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

इनास सव जुनियर च्यालेन्ज कपः सुविन र रिहाना च्याम्पियन

इनास सव जुनियर च्यानेन्ज कपमा पदक विजेता

 काठमाडौं । त्रिभुवन आर्मी क्लबका सुविन श्रेष्ठ र रिहाना शेरचन योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कपको च्याम्पियन बनेका छन् । यु-१५ को ब्वाइजमा सुविन र गर्ल्समा रिहाना च्याम्पियन बनेका हुन् ।

आइतबार सम्पन्न फाइनल खेलमा सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे । दुवैतर्फको विजेताले  १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

ब्वाइजतर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की तथा गर्ल्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य तेस्रो स्थानमा ररहे । उनीहरुले २ हजार ५ सय रुपैयाँ मेडल ट्रफी र प्रमाण पाए ।

नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु-१३ मा ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी र गर्ल्सतर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपासधसहित १० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

सुदेशले स्पोर्टस हबका सदीप राईलाई २१-१६, २१-१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१-१९, २१-१२ ले पराजित गरेका हुन् । उपविजेताले ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी पाए।

ब्वाइजतर्फ तनहुका सफल भुजेल र एपिएफका आरुष सिमखडा र गर्ल्सतर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । उनीहरुले २ सय ५ सय रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु-११तर्फ कास्कीका सक्षम गुरुङले कपिलबस्तुका विराट बस्नेतलाई २३-२१, २१-१० ले पराजित गरे ।  विजेताले १० हजा र उपविजेताले ५ हजार रुपैयाँका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।  

तेश्रो स्थनमा रहेका आर्मीका दीप थिङ र महाबौद्ध क्लबका आरभ शाक्यले २ सय ५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी हात पारे ।

विजयी खेलाडीलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एसपी सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै इनासका प्रोपाइटर राजु बास्तोलाले खेलाडीलाई योनेक्सको र्याकेट, ब्याग, टिसर्ट तथा खेल सामाग्री प्रदान गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो