चैत्र १३, २०८२ शुक्रबार | १५:५८:२७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः सेनाका अभय दुवै विधाको अन्तिम आठमा

पाटन । सेनाका अभय महरा दोश्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु-१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले  पराजित गरे ।

यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल महर्जनले एपिएफका अमन महर्जनलाई २१-८, २१-४ ले तथा एपिएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१-१५, २१-९ ले पराजित गरेका थिए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा  गर्ने अन्यमा नेपाल पुलिसका विष्णु कटुवाल, एपिएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्यपनि  अन्तिम आठमा प्रवेश गरेका छन् ।

विष्णुले एपिएफका सुजन थापालाई २१-११, २१-११,  देवले एपिएफका अरुण अधिकारीलाई २१-२३, २१-१५, २१-१५, रोशनले सेनाका सुविन श्रेष्ठ (बी) लाई २१-१७, १७-२१, २१-९, डेभिडले एपिएफका अनिल मल्ललाई २१-११, २१-६, जीवनले एपिएफका भोजबहादुर गुरुङलाई २१-१५, २२-२० ले पराजित गरेका थिए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु=१७ तर्फ सेनाका सुविन श्रेष्ठ  (बी) ले एपिएफका प्रदीप सोतीलाई २१-१३, २१-१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१-८, २१-७ ले, नेपालगंजका राजेश बिसीले सेनाका सुदेश राजकोटीलाई २१-१८, २३-२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१-५, १२-२१, २१-१६ ले, सेनाका सुविन श्रेष्ठ (ए) ले सुर्खेतका हिमाल थापा मगरलाई २१-१८, २१-१६ ले, एपिएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१-१९, २१-१८ ले र सेनाका कविर के।सी।ले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१-७, २१-५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै शीर्ष २० वरीयताबाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१-११, २६-२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो