माघ १७, २०८२ शनिबार | १७:१७:३०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः सेनाका अभय दुवै विधाको अन्तिम आठमा

पाटन । सेनाका अभय महरा दोश्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु-१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले  पराजित गरे ।

यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल महर्जनले एपिएफका अमन महर्जनलाई २१-८, २१-४ ले तथा एपिएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१-१५, २१-९ ले पराजित गरेका थिए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा  गर्ने अन्यमा नेपाल पुलिसका विष्णु कटुवाल, एपिएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्यपनि  अन्तिम आठमा प्रवेश गरेका छन् ।

विष्णुले एपिएफका सुजन थापालाई २१-११, २१-११,  देवले एपिएफका अरुण अधिकारीलाई २१-२३, २१-१५, २१-१५, रोशनले सेनाका सुविन श्रेष्ठ (बी) लाई २१-१७, १७-२१, २१-९, डेभिडले एपिएफका अनिल मल्ललाई २१-११, २१-६, जीवनले एपिएफका भोजबहादुर गुरुङलाई २१-१५, २२-२० ले पराजित गरेका थिए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु=१७ तर्फ सेनाका सुविन श्रेष्ठ  (बी) ले एपिएफका प्रदीप सोतीलाई २१-१३, २१-१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१-८, २१-७ ले, नेपालगंजका राजेश बिसीले सेनाका सुदेश राजकोटीलाई २१-१८, २३-२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१-५, १२-२१, २१-१६ ले, सेनाका सुविन श्रेष्ठ (ए) ले सुर्खेतका हिमाल थापा मगरलाई २१-१८, २१-१६ ले, एपिएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१-१९, २१-१८ ले र सेनाका कविर के।सी।ले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१-७, २१-५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै शीर्ष २० वरीयताबाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१-११, २६-२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।