चैत्र १५, २०८२ आइतबार | १५:५१:०८
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

एसियाली खेदकुदः नेपाली पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा मंगोलियालाई ३-१ ले पराजित गर्दै नेपाल पुरुष टिम इभेन्टको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिनजियाङ जिम्नजियममा बिहीबार भएको खेलमा  प्रिन्स दाहालले  गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले पराजित गरे । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भएका हुन्।

विष्णु कटुवाल सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले खेलमा फर्किने संकेत गरेको थियो। प्रतिस्पर्धात्मक खेल विष्णुले २१-२३, २४-२२, १७-२१ ले गुमाए ।

तर प्रिन्स र विष्णुको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २(० ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो ।

यसैगरी महिला टिम इभेन्टमा माल्दिभ्ससँग ३-१ ले निरास बनेपछि नेपालकाे यात्र अन्तिम १६ मै सिमित बन्याे । 

रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २-१ तथा नङ्शला तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २-० ले पराजित भए । रशिलाले २२-२४, २१-१९ र १- १९ तथा नङ्शलाले १६-२१ र १०-२१ को हार व्यहोरेका हुन् । 

अनु माया राईले अइसाथ अफ्नान असिदलाई २१-९ र २१-११ ले पराजित गरेपछि नेपालले खेलमा फर्किने संकेत गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग १३-२१ र १९-२१ ले पराजित भएपछि नेपालले खेल गुमायो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो