माघ १५, २०८२ बिहीबार | ०४:५३:३९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

ट्रिपल जम्पमा आर्मीका डिल्लीले जिते स्वर्ण पदक

पोखरा । त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदक जितेका छन् । बिहीबार बिहान पोखरा रंगशालामा १३.९५ मिटर जम्प गर्दै विभागीय महारथीलाई स्वर्ण दिलाए ।

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत तथा बागमतीका सुदीप महतो १३.४४ मिटर जम्प गर्दै कास्य जिते ।

महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छन् । बिहीबार बिहान उनले ११.०१ मिटर जम्प गर्दै एपिएफलाई स्वर्ण पदक दिलाएकी थिइन् ।

यस्तै, नेपाल पुलिस क्लबकी सीमा चौधरीले १०.७६ मिटर जम्प गरेर रजत पदक तथा एपिएफकै रञ्जिता राईले ९.९१ मिटरसहित कास्य पदक जितिन् ।

यसअघि लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले महिला २०० मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । बिहीबार बिहान पोखरा रंगशालामा उनले दौड पूरा गर्न २५.२४ सेकेन्ड खर्चिइन् ।

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित कास्य पदक जितिन् ।

२०० मिटर पुरुषमा एपिएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । शिवराजले पोखरा रंगशालामा बिहीबार बिहान उनले २१.९१ सेकेन्डमा दौड पूरा गरेका थिए ।

निर्धारित दूरी पूरा गर्न २२.०५ सेकेन्ड खर्चिएका एपिएफकै आशिष चौधरीले रजत तथा २२.५० सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलुकदमा शिवराजको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले पुरुष १०० मिटर दौड र पुरुष चार मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

बिहीबार बिहाननै भएको पुरुष ५ हजार मिटर दौडमा शिवराजकै दाजु गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरे ।

निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते । यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।