माघ १९, २०८२ सोमबार | ०३:४४:४३
युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन

२०० मिटर दौडमा निशाले जितिन् स्वर्ण पदक

पोखरा । लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला २०० मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । बिहीबार बिहान पोखरा रंगशालामा उनले दौड पूरा गर्न २५.२४ सेकेन्ड खर्चिइन् ।

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित कास्य पदक जितिन् ।

२०० मिटर पुरुषमा एपिएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । शिवराजले पोखरा रंगशालामा बिहीबार बिहान उनले २१.९१ सेकेन्डमा दौड पूरा गरेका थिए ।
निर्धारित दूरी पूरा गर्न २२.०५ सेकेन्ड खर्चिएका एपिएफकै आशिष चौधरीले रजत तथा २२.५० सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते ।
नवौं राष्ट्रिय खेलुकदमा शिवराजको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले पुरुष १०० मिटर दौड र पुरुष चार मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

बिहीबार बिहाननै भएको पुरुष ५ हजार मिटर दौडमा शिवराजकै दाजु गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरे ।

निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते । यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।