चैत्र ९, २०८२ सोमबार | ०३:३४:४२
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

२०० मिटर दौडमा निशाले जितिन् स्वर्ण पदक

पोखरा । लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला २०० मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । बिहीबार बिहान पोखरा रंगशालामा उनले दौड पूरा गर्न २५.२४ सेकेन्ड खर्चिइन् ।

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित कास्य पदक जितिन् ।

२०० मिटर पुरुषमा एपिएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । शिवराजले पोखरा रंगशालामा बिहीबार बिहान उनले २१.९१ सेकेन्डमा दौड पूरा गरेका थिए ।
निर्धारित दूरी पूरा गर्न २२.०५ सेकेन्ड खर्चिएका एपिएफकै आशिष चौधरीले रजत तथा २२.५० सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते ।
नवौं राष्ट्रिय खेलुकदमा शिवराजको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले पुरुष १०० मिटर दौड र पुरुष चार मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

बिहीबार बिहाननै भएको पुरुष ५ हजार मिटर दौडमा शिवराजकै दाजु गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरे ।

निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते । यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो