माघ ९, २०८२ शुक्रबार | १४:०८:१७
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

एथ्लेटिक्स राउन्डअप: पहिलो दिन नै दुई कीर्तिमान, पदक तालिकामा आर्मी अगाडि

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सका खेलहरु शनिबारबाट पोखरा रंगशालामा सुरु हुँदा पहिलो दिन नै दुई नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् ।

कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने । पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवचन्द्र पार्की तथा महिलामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाए ।

तर फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२:१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२:२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२:९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन ।

महिला सय मिटरको हिटमै नयाँ कीर्तिमान बनिसकेको थियो । यसअघि काठमाडौंमा १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)मा देवीमाया पनेरुले कायम गरेको कीर्तिमान शनिबारको हिटमा लुम्बिनी प्रदेशकी निशा चौधरीले भंग गरेकी थिइन । १२:१५ सेकेन्डमा निर्धारित दुरी तय गर्दै निशाले देविमायाको २३ वर्ष पुरानो १२:१९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिइन ।

तर फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२:१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२:२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२:९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन ।

एक सय मिटर पुरुषमा एपिएफका शिवराज पार्की कीर्तिमानी १०:५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जित्दा आर्मीका युवराज बिकले (१०:५८) रजत तथा आर्मीकै डिल्ली भण्डारी (१०:७०)ले कांस्य पदक हात पारे । पार्कीले पनि रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेका हुन् । चौधरीले १९९९ मा १०:७१ सेकेन्डको टाइमिङका साथ बनाएको कीर्तिमान पार्कीले नतोडेसम्म कायम थियो ।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२:२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३:११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६:५सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमष: रजत र कांस्य पदक जिते ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२:३६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पुलिसकी राजपुरा पछाईंले ३६ मिनेट २९:४५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर रजत तथा एपिएफकी पुष्पा भण्डारी (३७ मिनेट ४:०२ सेकेन्ड)ले कांस्य पदक जितिन ।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२:२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३:११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६:५सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमष: रजत र कांस्य पदक जिते ।

त्यस्तै महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फुलमती रानाले ४ मिनेट ३८:१९ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जित्दा आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१:०० सेकेन्डमा दुरी पार गरेर आर्मीकै रेखा लिम्बुले कांस्य पदक जितिन । रेखाले ५ मिनेट ३:८० सेकेन्डमा दुरी पार गरेकी थिइन ।

सटपुट पुरुषमा आर्मीका तिलक बिकले १२:८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा १२:६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमती प्रदेशका ललित रावतले ११:९५ मिटर पर फालेर कांस्य पदक जिते ।

सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे (१२:४० मिटर)ले स्वर्ण, लुम्बिनी प्रदेशी संगिता अधिकारी (१०:८३ मिटर)ले रजत तथा नेपाल पुलिसकी वषन्ती चौधरीले (९:८६ मिटर)ले कांस्य पदक जिते ।

पहिलो दिनको खेलको समाप्तीमा तीन स्वर्ण तीन रजत र तीन कांस्य पदकसँगै आर्मी एथ्लेटिक्स अंकतालिकाको शीर्ष स्थानमा छ । दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको एपिएफ दोसौृ स्थानमा छ भने एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हात पारेको पुलिस तेस्रो स्थानमा छ । एक स्वर्ण र एक कांस्य जितेको बागमती चौथो स्थानमा रहँदा दुई रजतमात्र जितेको लुम्बिनी पाँचौं स्थानमा छ । प्रतियोगितामा सहभागी अन्य टिमले कुनै पदक जितेका छैनन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate