चैत्र ६, २०८२ शुक्रबार | १२:०१:००
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

एथ्लेटिक्स राउन्डअप: पहिलो दिन नै दुई कीर्तिमान, पदक तालिकामा आर्मी अगाडि

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सका खेलहरु शनिबारबाट पोखरा रंगशालामा सुरु हुँदा पहिलो दिन नै दुई नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् ।

कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने । पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवचन्द्र पार्की तथा महिलामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाए ।

तर फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२:१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२:२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२:९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन ।

महिला सय मिटरको हिटमै नयाँ कीर्तिमान बनिसकेको थियो । यसअघि काठमाडौंमा १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)मा देवीमाया पनेरुले कायम गरेको कीर्तिमान शनिबारको हिटमा लुम्बिनी प्रदेशकी निशा चौधरीले भंग गरेकी थिइन । १२:१५ सेकेन्डमा निर्धारित दुरी तय गर्दै निशाले देविमायाको २३ वर्ष पुरानो १२:१९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिइन ।

तर फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२:१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२:२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२:९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन ।

एक सय मिटर पुरुषमा एपिएफका शिवराज पार्की कीर्तिमानी १०:५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जित्दा आर्मीका युवराज बिकले (१०:५८) रजत तथा आर्मीकै डिल्ली भण्डारी (१०:७०)ले कांस्य पदक हात पारे । पार्कीले पनि रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेका हुन् । चौधरीले १९९९ मा १०:७१ सेकेन्डको टाइमिङका साथ बनाएको कीर्तिमान पार्कीले नतोडेसम्म कायम थियो ।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२:२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३:११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६:५सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमष: रजत र कांस्य पदक जिते ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२:३६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पुलिसकी राजपुरा पछाईंले ३६ मिनेट २९:४५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर रजत तथा एपिएफकी पुष्पा भण्डारी (३७ मिनेट ४:०२ सेकेन्ड)ले कांस्य पदक जितिन ।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२:२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३:११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६:५सेकेन्डमा निर्धारित दुरी पार गरेर क्रमष: रजत र कांस्य पदक जिते ।

त्यस्तै महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फुलमती रानाले ४ मिनेट ३८:१९ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जित्दा आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१:०० सेकेन्डमा दुरी पार गरेर आर्मीकै रेखा लिम्बुले कांस्य पदक जितिन । रेखाले ५ मिनेट ३:८० सेकेन्डमा दुरी पार गरेकी थिइन ।

सटपुट पुरुषमा आर्मीका तिलक बिकले १२:८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा १२:६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमती प्रदेशका ललित रावतले ११:९५ मिटर पर फालेर कांस्य पदक जिते ।

सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे (१२:४० मिटर)ले स्वर्ण, लुम्बिनी प्रदेशी संगिता अधिकारी (१०:८३ मिटर)ले रजत तथा नेपाल पुलिसकी वषन्ती चौधरीले (९:८६ मिटर)ले कांस्य पदक जिते ।

पहिलो दिनको खेलको समाप्तीमा तीन स्वर्ण तीन रजत र तीन कांस्य पदकसँगै आर्मी एथ्लेटिक्स अंकतालिकाको शीर्ष स्थानमा छ । दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको एपिएफ दोसौृ स्थानमा छ भने एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हात पारेको पुलिस तेस्रो स्थानमा छ । एक स्वर्ण र एक कांस्य जितेको बागमती चौथो स्थानमा रहँदा दुई रजतमात्र जितेको लुम्बिनी पाँचौं स्थानमा छ । प्रतियोगितामा सहभागी अन्य टिमले कुनै पदक जितेका छैनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो