चैत्र ८, २०८२ आइतबार | २२:०३:५८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

'अब दौडिन्छ कर्णाली'

  • कमल खत्री

सुर्खेत । कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भु–भाग ओगटेकोले ‘हाइ अल्टच्युट’ प्रतियोगिताहरु आयोजनाका लागि त कर्णाली लोकप्रिय ठाउँमा पर्छ ।

तर, कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरु कमै हुने गरेका छन् । अझ त्यसमा म्याराथन त झन न्युन मात्रमा हुने गर्छ ।  प्रतिभाको खानी भएको प्रदेशका रुपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन् काठमाडौंमा भएको १३औं सागमा रजत पदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफनो करियरको सुरुआत गरेकी थिइन् । 

कर्णालीलाई अन्तर्राष्ट्रिय माझ चिनाउने प्रतिभाको सूचीमा धेरैको नाम आउने गर्छ । त्यसको अग्रपंक्तिमा पर्छन् कर्णालीका ‘हिरा’ उपनाम पाएका हरिबहादुर रोकाय । रोकायले सिकाएकी चेली विश्व रुपा बुढाले पनि अन्तराष्ट्रिय भुमिमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन । बुढा जस्तो थुप्रै खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसकेका छन् ।

कर्णालीले हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गर्ने गरेको छ आफ्नै मिहिनेतले । तर, प्रतिभावान खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेट्ने प्रयासमा पहिलो पटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुँदैछ ।

शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताए ।

‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रमजंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सय भन्दा बढिले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।

आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवर्धनमा प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँछन । 

उनले भने,‘हामी निकै उत्साही छौं । सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदैछ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ । सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भए पनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको बताउँछन् हमाल । उनले थपे,‘हामीले यस प्रतियोगितामा जितसक्दो स्थानीयहरुको सहभागिता र सहकार्यलाई जोड दिएको छौं । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडी बढ्ने प्रयास गरेका छौं । तर, पहिलो पटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताउँछन । उनले भने,‘ कर्णालीले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णाली पुर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रुपमा चिनिन्छ । तर अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभामात्र होइन ठुला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहँन्छौं ।’

पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पुर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजी स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।

म्याराथनका ‘रेस डिरेक्टर’ बिक्रमजंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे । उनले भने,‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरुले आट गर्नु भएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछ । भविष्यमा कर्णालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।’

प्रतियोगिता अन्तर्गत हाफ म्याराथनतर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन् । विद्यालयतर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन । प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदैं फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँद पुनः विरेन्द्र चौकमा आएर समापन हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो