मंसिर १९, २०८२ शुक्रबार | ०७:२६:५४
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

नेपाली सेनाले ‘कोआस म्याराथन तथा रन फर फन’ को आयोजना गर्ने


काठमाडौं । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको अवसरमा फाल्गुन १४ गते ‘कोआस म्याराथन तथा रन फर फन’ को आयोजना गर्ने भएको छ ।

बिहीबार सेनाले पत्रकार सम्मेलन गर्दै ‘युनिटी, टिम, स्पिरिट र स्ट्रेन्थ’ भन्ने मुल नाराका साथ विभिन्न चार विधामा म्याराथनको आयोजना हुने जानकारी दिएको हो ।

म्याराथन ४२.१९५ पुरुषतर्फ खुल्ला, हाफ म्याराथन २१ कि मि महिला÷पुरुष खुल्ला, १० कि मितर्फ सैनि अधिकृतहरु र सैनिक सहचारी महिला तथा पुरुष र ५ कि मि वाकाथनतर्फ उपत्यका भित्रका सहायक रथी र सोभन्दा माथिका रथीवृन्दहरु र सैनिक श्रीमती संघका कार्यकारिणी पदाधीकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरुले सहभागिता जनाउने छन् ।

४२.१९५ कि मि म्याराथनमा प्रथम हुनेले मोटरसाइकल र तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रोले २ लाख र मोटरसाइकल र तेस्रोले एक लाख पाउनेछन् ।  म्याराथनमा शीर्ष १० सम्म रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै हाफ म्याराथन २१ कि मितर्फ प्रथम हुने महिला धावकले स्कुटरसहित नगद ७५ हजार पुरुषले मोटरसाइकल र ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुष दोस्रो हुनेले ५० हजार तथा तेस्रोले ३५ हजार समान गर्नेछन् । १० कि.मि तर्फ अधिकृततर्फ र सैनिक सहचारीतर्फ प्रथम हुने महिला र पुरुषले समान १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन् ।

कोभिड १९ महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै सेनाले म्याराथनमा सहभागी हुनेहरुको संख्या पनि तोकेको छ । सेनाका अनुसार म्याराथनमा २ सय, हाफ म्याराथन, १० कि मि, वाकाथन ५ कि मि र अफिसियलमा समान २ सय ५० गरि ११ सय ५० मात्र सहभागिता जनाउने छन् । म्याराथनमा राष्ट्रिय खेलाडी र सुरुमा फारम भर्नेले प्राथमकिता पाउने आयोजकले जनाएको छ । 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS