माघ १८, २०८२ आइतबार | १२:३३:३३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

यु-१५ विद्यालय खेलकुदः अनुज र सरितालाई स्वर्ण

सरिता शाही

पोखरा । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु-१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण पदक जितेका छन् । लङजम्पको छात्रमा अनुज तथा  छात्रामा सरिता पहिलाे भए । 

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य पदक जिते ।

सरिताले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बुले रजत र गण्डकी प्रदेशकी सुजना कुमाल कांस्य पदक हत पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त रानाले स्वर्ण पदक चुमे।

वरुणले  निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेशका दिपेश साहले तथा लुम्बिनीका सुशान्त थारुले कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण पदक चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिइन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य पदक हात पारे ।

छात्र १०० मिटर दौडमा लुम्बिनीका शुभन बमरेलले स्वर्ण पदक जिते। शुभनले ११.४६ सेकेन्डको समय निकाले । मधेशका अर्जुन शाहले रजत तथा कोशीका राजन वान्तवाराईले कांस्य पदक प्राप्त गरे ।

उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारीले स्वर्ण पदक हात पारिन्। एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य पदक जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको लाग्दा कर्णालीले २ तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १ स्वर्ण जितेका छन् ।

१४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको  बिहीबार हुनेछ ।  एथलेटिक्समा सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।