चैत्र ६, २०८२ शुक्रबार | ०७:१०:४२
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

यु-१५ विद्यालय खेलकुदः अनुज र सरितालाई स्वर्ण

सरिता शाही

पोखरा । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु-१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण पदक जितेका छन् । लङजम्पको छात्रमा अनुज तथा  छात्रामा सरिता पहिलाे भए । 

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य पदक जिते ।

सरिताले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बुले रजत र गण्डकी प्रदेशकी सुजना कुमाल कांस्य पदक हत पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त रानाले स्वर्ण पदक चुमे।

वरुणले  निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेशका दिपेश साहले तथा लुम्बिनीका सुशान्त थारुले कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण पदक चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिइन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य पदक हात पारे ।

छात्र १०० मिटर दौडमा लुम्बिनीका शुभन बमरेलले स्वर्ण पदक जिते। शुभनले ११.४६ सेकेन्डको समय निकाले । मधेशका अर्जुन शाहले रजत तथा कोशीका राजन वान्तवाराईले कांस्य पदक प्राप्त गरे ।

उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारीले स्वर्ण पदक हात पारिन्। एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य पदक जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको लाग्दा कर्णालीले २ तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १ स्वर्ण जितेका छन् ।

१४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको  बिहीबार हुनेछ ।  एथलेटिक्समा सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो