एसिया रग्बी यु–१८ प्रतियोगिता

नेपाल सातौं स्थानमा

काठमाडौं। एसिया रग्बी यु–१८ प्रतियोगिताअन्तर्गत आइतबार पुरुषतर्फ बंगलादेशलाई ७१–० ले हराउँदै नेपालले सातौं स्थान हासिल गरेको छ ।  

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न प्लेट च्याम्पियनसिको सेमिफाइनलमा नेपाल चाइनिज ताइपेईसँग ३४–७ तथा बंगलादेश थाइल्यान्डसँग ५३–० पराजित हुँदै सातौं स्थानका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फको फाइनलमा दक्षिण कोरिया र युएई भिड्दैछन् ।

सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले पराजित गरेका थिए ।

शनिबार पहिलो खेलमा थाइल्यान्डसँग १५–७ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ३४–० ले नतिजा सुम्पिएको थियो । त्यस्तै तेस्रो खेलमा भने नेपालले भारतमाथि १२–१० को रोमाञ्चक जित निकालेको थियो ।

महिलातर्फ नेपालले भारतसँग ४१–० तथा मलेसियासँग १५–५ को हार ब्यहोरेको छ । त्यस्तै अन्य खेलमा युएईले ४३–० र थाइल्यान्डलाई २२–५ ले स्तब्ध बनायो ।

प्रतियोगितामा महिलातर्फको फाइनलमा यु्एई र भारत प्रतिपर्धा गर्दैछन् ।

शनिबारबाट सुरु भएको प्रतियोगितमा पुरुषतर्फ नेपाल,भारत,बंगालादेश,थाइल्यान्ड मलेसिया,दक्षिण कोरिया,युएई र चाइनिज ताइपे तथा महिलातर्फ नेपाल,मलेसिया,भारत,युएई र मलेसियाको सहभागिता छ ।