माघ १७, २०८२ शनिबार | ०६:५५:३७
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

नवौँ राष्ट्रिय खेलकुदलाई एक महिना बाँकी: कहाँ खेलाउने अझै टुङ्गो छैन

पोखरा । नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण सुरु हुन आजको मितिले ठ्याक्कै ३० दिन बाँकी छ । ठूलै गडबड नभए आगामी असोज २८ गते पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।

गण्डकीले ३९ वर्षपछि वृहत राष्ट्रिय खेलकुदका लागि देशभरका शीर्ष खेलाडीलाई आतिथ्य प्रदान गर्ने कुराको टुंगो लागेको धेरै भइसक्यो । २०४० सालमा तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रले दोस्रो राष्ट्रिय खेलकुद महोत्सव आयोजना गरेको थियो । यसपाली भने देश प्रादेशिक संरचनामा गइसकेकाले गण्डकी प्रदेशको नाममा त्यही भुगोलमा राष्ट्रिय खेलकुद फर्किएको छ ।

प्रदेशको राजधानी पोखरालाई केन्द्र बनाएर गर्ने भन्दै घोषित नवौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी समेत गरि कुल ३८ खेल समावेश छन् । नयाँ संरचनाअनुसार पहिलो पटक गण्डकीले गर्न लागेको राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशका सबै जिल्लामा कुनै न कुनै खेल लगिने पनि घोषणा गरिसकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भदौ १५ गतेभित्र नै सबै ३८ खेल गराउने ठाउँको टुङ्गो लगाउने कार्यतालिका बनाएको एको थियो । तर त्यो समयसिमा कटेको १३ दिन बितिसक्दा पनि राखेपले कुन खेल कहाँ हुन्छ भनेर भन्न सकेको छैन ।

प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुद लान सके त्यसमा सबैको अपनत्व हुने, खेल संस्कार स्थापनामा सहयोग पुग्ने तथा पूर्वाधार बन्ने उद्देश्य थियो । तर उद्देश्य एकातिर र कामकाज अर्कोतिर हुँदा गण्डकी प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुद पुर्याउने योजना केवल नारामै मात्र सीमित हुने भएको छ ।

‘नारा र भाषणमा जे भने पनि पूर्वाधार निर्माणको काममा सिन्को भाच्ने काम पनि भएको छैन । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)का केही खेल ल्याउँदा बनाएको पूर्वाधारबाट खेलकुद नेतृत्व ढुक्क थियो । त्यसैले उहाँहरुले राष्ट्रिय खेलकुदका लागि थप पूर्वाधार बनाउनेमा कुनै ध्यान दिनुभएन । सबै जिल्लामा लाने भनेर भाषण चाँही गर्नुभयो, तर जिल्लाका पूर्वाधारको अवस्था याद गर्नुभएन । सरकारबाट बजेट ल्याउने, झारो टारेर खेल सम्पन्न गर्नेमा मात्र नेतृत्व केन्द्रित देखिन्छ,’ कास्कीका एक पाका खेलकर्मीले गुनासो गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भदौ १५ गतेभित्र नै सबै ३८ खेल गराउने ठाउँको टुङ्गो लगाउने कार्यतालिका बनाएको एको थियो । तर त्यो समयसिमा कटेको १३ दिन बितिसक्दा पनि राखेपले कुन खेल कहाँ हुन्छ भनेर भन्न सकेको छैन । जसका कारण स्थानीय आयोजकदेखि खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेल संघहरु अन्योलमा छन् ।

स्रोतका अनुसार पूर्वाधारको अभाव तथा मनाङ र मुस्ताङमा त्यो समयमा अत्यधिक चिसो हुने भएकाले खेल गराउने कठिन हुने नेतृत्वको बुझाई छ । तर त्यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ । यही कारण राखेपले समयमै खेलस्थलको बारेमा निर्णय गर्न नसकेको बताइन्छ ।

राखेपद्धारा खेलस्थल पहिचान गर्नका लागि गठित उपसमितिले निर्धारित समयभित्रै सबै जिल्लाको भ्रमणपश्चात आफ्नो सिफारिस पठाइसकेको जनाएको छ । तर उपसमितिको सिफारिस आइसके पनि राखेपले अन्तिम टुङ्गो नलगाएका कारण तयारी प्रभावित भएको स्थानीय अधिकारीहरु बताउँछन् ।

खेलस्थल टुङ्गो नलागेका कारण मर्मत सम्भार तथा स्तरोन्नतिका काम गर्न नसकेको जानकारी गराउँदै पोखरामा कार्यरत राखेपका एक कर्मचारीले भने, ‘अझैसम्म हामीलाई स्पष्ट निर्देशन आएको छैन । मंगलबार (आज) खेलस्थल घोषणा हुन सक्ने भनिएको छ । त्यसपछि मात्र विभिन्न भेन्युहरुलाई खेल्न लायक बनाउन आवश्यक काम गर्नु भन्ने आन्तरिक सर्कुलर छ ।’

उनका अनुसार केही खेल स्थलको विषयमा माथिल्लो तहमै कहाँ गर्ने भन्नेमा अन्योल कायम छ । उच्च स्तरबाट त्यसको निर्णय गरेपछि मात्र घोषणा गर्ने योजना हो ।

विवादित फ्रेन्चाइज लिग नेपाल ट्वान्टी २० लाई जबरजस्ती समय उपलब्ध गराउनका लागि राखेपले राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट भने झरिसँग पैठाजोरी खेल्दै काठमाडौंमा सुरु गरिसकेको छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने खेल मैदान तथा अभ्यास मैदानको अभावका कारण क्रिकेट काठमाडौंमा गरिएको हो । यसका साथै सुटिङ, पौडीलगायतका केही खेल काठमाडौंमा हुने सम्भावना छ ।

पोखराका पाका खेल पत्रकार सुदर्शन रञ्जित प्रत्येक वर्ष क्रिकेट मैदान सुटिङ रेन्ज र पौडी पाखरी बनाउनका लागि सरकारले बजेट छुट्याए पनि काम नहुनुलाई दूर्भाग्य मान्छन् । ‘प्रत्येक वर्ष पूर्वाधार बनाउन छुट्याएको बजेट फ्रिज भएर फर्किने अनि राष्ट्रिय खेलकुद आयोजना गर्दा पूर्वाधार नभएकै कारण क्रिकेट, सुटिङ र पौडी जस्ता खेल काठमाडौंमा गर्न पर्ने अवस्था आउनु भनेको गण्डकीको खेलकुदका लागि ठूलो दूर्भाग्य हो,’ रञ्जित भन्छन्, ‘यो समग्रमा नेपालकै खेलकुदका लागि दूर्भाग्य हो । राष्ट्रिय खेलकुदको बहानामा केही पूर्वाधार बन्न सक्थे, त्यो नबन्दा देशलाई नै घाटा हुने हो ।’

पोखरालाई केन्द्र बनाएर गरिन लागेको राष्ट्रिय खेलकुदका अधिकांश खेलहरु पोखरा रंगशाला परिसरमै हुनेछन् । पोखरा रंगशालामा फुटबल, भलिबल, आर्चरी, ब्याड्मिन्टन्, टेनिस र ह्यान्डबलका लागि सुविधासम्पन्न खेलस्थल छन् । यसैगरी रंगशाला परिसरभित्रै बहुउद्देश्शीय कभर्डहल तथा सेमि कभर्डहल पनि छन् । जहाँ मार्शल आर्टस, बास्केटबलजस्ता खेलहरु आयोजना गर्न सकिन्छ ।

खेलस्थल सिफारिस गर्ने क्रममा उपसमितिले पूर्वाधार भएको ठाउँको मात्र नाम उल्लेख गरेको बुझिएको छ । जसका कारण नयाँ पूर्वाधार बनाउने झण्झटबाट राखेप मुक्त छ । प्रदेशका सबै जिल्लामा कम्तिमा एक खेल लैजाने नीति भए पनि मनाङ, मुस्ताङ, लमजुङ  र तनहुँमा राष्ट्रिय खेलुकद नपुग्ने बलियो सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार पूर्वाधारको अभाव तथा मनाङ र मुस्ताङमा त्यो समयमा अत्यधिक चिसो हुने भएकाले खेल गराउने कठिन हुने नेतृत्वको बुझाई छ । तर त्यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ । यही कारण राखेपले समयमै खेलस्थलको बारेमा निर्णय गर्न नसकेको बताइन्छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।