पुस २१, २०८२ मंगलबार | २२:१५:२८
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प

केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो

काठमाडौं । नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम ’केल्मी’ को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभिए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली न्यु डायमण्ड स्पोट्र्स क्लबसहित अन्य विधाका खेलाडीहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा एनभिए विजेता न्यु डायमण्डका खेलाडीहरूलाई विशेष सम्मान गरिनुका साथै दुईजना महिला फुटबल खेलाडी र तीनजना ब्याडमिन्टन खेलाडीहरूलाई खेलकुद ‘किट्स’ प्रदान गरिएको थियो ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सन् २०१७ देखिको निरन्तर प्रयासले आज यो सफलता मिलेको बताए । रंगशालामा नेपाली खेलाडीहरूले खेल पोशाकको गुणस्तरमा भोग्नुपरेको समस्या देखेपछि अन्तर्राष्ट्रिय स्तरको ‘ला लिगा’ र ‘प्रिमियर लिग’ जस्तै गुणस्तरीय पोशाक नेपाल भित्र्याउने सोच पलाएको उनले स्मरण गरे ।

न्यौपानेले भने, ‘सन् २०१८ मा आधिकारिक विक्रेताको रूपमा फुटबलबाट सुरु भएको केल्मी अहिले क्रिकेट, भलिबल, मार्सल आट्र्स लगायतका सबै खेलसम्म पुग्न सफल भएको छ। हामी केवल व्यापारका लागि मात्र नभई नेपाली खेल र खेलाडीको सम्मानका लागि पनि उत्साहित छौं ।’

भक्तपुर आउटलेटका सञ्चालक ईश्वर गुबाजुले केल्मीका सबै शाखाहरूले आफ्नो आम्दानीको निश्चित हिस्सा खेलकुद र खेलाडीहरूको हितमा खर्च गर्दै आएको जानकारी दिए । ‘हामीले वार्षिकोत्सवको खुसीयाली खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गरेर मनाउने परम्परा बसाएका हौं,’ गुबाजुले भने।

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले बजारमा धेरै ब्राण्ड भए पनि खेलकुद क्षेत्रमा केल्मीको योगदान र गुणस्तर अतुलनीय रहेको बताइन् । विगत पाँच वर्षदेखि केल्मीको प्रायोजनमा रहेको न्यु डायमण्ड स्पोट्र्स क्लबका मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक ललिता नाथ र खेलाडी सलिना श्रेष्ठले केल्मीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । एनभिए च्याम्पियनसिप जितेपछि पाएको यो सम्मानले टिमलाई थप ऊर्जा प्रदान गरेको उनीहरूको भनाइ थियो ।

हाल केल्मीले नेपालका विभिन्न राष्ट्रिय टोली, क्लब र व्यक्तिगत खेलाडीहरूलाई प्रायोजन गर्दै नेपाली खेलकुदको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA