काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १४औं संस्करण आयोजनाबारे छलफका लागि पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले बैठक बोलाएका छन् । उनी दक्षिण एसियाली ओलम्पिक कमिटी (एसएओसी) का पनि अध्यक्ष हुन् ।
नेपाल ओलम्पिक कमिटिका अनुसार बैठक फागुन १३ र १४ गते (फेब्रुअरी २५ र २६) मा पाकिस्तानको लाहोरमा हुनेछ ।
पुर्वसहमति अनुसार पाकिस्तानले सन् २०२५ मा दक्षिण एसियाली खेलकुद आयोजना गर्ने तय छ ।
बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुनेछ । त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ। बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।
सन् २०१९ मा नेपालले सागको १३औं संस्करण आयोजना गरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
