चैत्र ६, २०८२ शुक्रबार | १२:४२:३६
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

उपाधिका लागि आयोजक ललितपुर र थापाथली भिड्ने

सजिन महर्जन (बायाँ) र रुपेश जैसवाल प्रतिस्पर्धा गर्दै ।

ललितपुर । आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन्।

आइतबार सम्पन्न सेमिफाइनलमा ललितपुर स्पोर्टसले ललितपुर महानगरपालिलाई २.५-१.५ अंकले पराजित गर्यो ।

ललितपुर स्पोर्टस क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ललितपुर स्पोर्टसका रिसोन थापाले फिडे मास्टर क्षितिज भण्डारीलाई पराजित गरे ।  

सिएम सजिन महर्जनले फिडे मास्टर रुपेश जैसवाल, शैलेन्द्र न्यौपानेले पुरुषोत्तम सिलवाल र विनिता कपालीले अभिक शाहलाई बराबरीमा रोके ।

अर्को सेमिफाइनलमा थापाथली चेस पार्क क्लबले साबिक विजेता दोलखा चेस होमलाई २.५-१.५ अंकले हरायो ।

 राष्ट्रिय महिला महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा पुजा भण्डारीसँग एक अंक खोस्दै थापाथलीलाई जित दिलाउन सफल भइन्।
त्यसअघि थापाथलीका रिजेन्द्रराज भण्डारी राजन सुवेदी तथा सुशील चौधरी सुश्रत दाहालसँग बराबरीमा रोकिएका थिए ।

प्रतियोगिताको शीर्ष चारले क्रमशः २ लाख, १ लाख २० हजार, ६० हजार र ४० हजार प्रदान गरिनेछ । यसैगरी हरेक बोर्डका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो