चैत्र ७, २०८२ शनिबार | १६:३०:४७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एनओसीको विधान संशोधन व्यक्ति केन्द्रित स्वार्थको खेलः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष एवं नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले एनओसी नेतृत्व ओलम्पिक अभियानको भावनाविपरितका काममा लागेको भन्दै विरोध जनाएका छन् ।

निर्वाचित चार वर्षे कार्यकाल सकिएको डेढ वर्ष भइसकेको अवस्थामा एनओसी तदर्थ समितिको हैसियतमा रहँदा चुनावको पूर्वसन्ध्यामा नेतृत्वको स्वार्थअनुरुप विधान संशोधन गर्न लागेको श्रेष्ठको आरोप छ ।

एनओसीको विद्यमान विधानमा अध्यक्ष र महासचिवजस्ता कार्यकारी पदमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने व्यवस्था भएकोमा त्यसलाई संशोधन गर्दै अनिश्चित कार्यकालसम्म पनि एकै व्यक्ति पदमा बस्न पाउने व्यवस्था राख्ने प्रयास भइरहेको छ ।

एनओसीको कार्यसमितिले त्यस्तो संशोधन प्रस्ताबलाई पास गरिसकेको छ । कार्यसमितिमा उक्त प्रस्ताबको विरुद्धमा श्रेष्ठ र फुटबल संघको प्रतिनिधिका रुपमा एनओसी सदस्य भएका दीर्घबहादुर केसी (कुमार)ले मात्र विरोध जनाएका थिए । कार्यसमितिबाट पास गरिएको त्यही प्रस्ताब एनओसी नेतृत्वले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)मा पठाएको र निकट भविश्यमा साधारणसभा राखेर पास गराउने योजना बनाएको बताइएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको दुई कार्यकाल पूरा भइसकेको अवस्थामा चुनाव आउन लागेपछि उनले अनन्त कालसम्म नेतृत्वमा रहिरहने रणनीतिअनुसार विधान संशोधन गर्न खोजेको आरोप छ । वर्तमान अध्यक्ष श्रेष्ठ त्यसअघि दुई कार्यकाल महासचिव थिए ।

‘लोकतान्त्रिक पद्दतिबाट नेतृत्व हस्तान्तरण गर्ने समयमा एनओसीमा देखिएको पछिल्ला गतिविधि र कृयाकलापप्रति गम्भीर असन्तुष्टि र अहमति व्यक्त गर्दछु,’ श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समितिको रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान संशोधन गर्ने र एउटै व्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहन मिल्ने व्यवस्था नेपाली खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहन्न भन्ने मेरो मान्यता छ । यस्तै गलत कृयाकलापले खेलकुदको नेतृत्व हस्तान्तरण प्रकृयालाई अवरुद्ध गर्ने र खेकलुदलाई गतिशिल बनाउने अभियानमा गम्भीर धक्का पुग्छ भन्ने लागेको छ ।’

विगतमा आफ्नै जोडबलमा महासचिव र अध्यक्षको लागि दुई कार्यकालको व्यवस्था विधानमा राखिएको उल्लेख गर्दै श्रेष्ठले विज्ञप्तिमा अगाडि लेखेका छन्, ‘अहिले कुनै एक व्यक्ति केन्द्रित भएर विधान संशोधन गरेर जाँदा यसले नेपाली खेलकुदलाई थप दूर्घटनातर्फ लग्ने देखिन्छ । चुनाव अघि गरिने विधान संशोधनले व्यक्ति केन्द्रित स्वार्थलाई मलजल गरेको देखिन्छ ।’

विज्ञप्तिमार्फत श्रेष्ठले विधान संशोधनको विपक्षमा उभिन एनओसीका सबै सरोकारवालालाई आह्वान गरेका छन् ।

‘ओलम्पिक अभियानमा जोडिएका साथीहरुलाई व्यक्तिकेन्द्रित विधान संशोधनको विपक्षमा उभिन र नेपाली खेलकुदलाई दूर्घटनाबाट बचाउन अपिल गर्न चाहन्छु । नेपाली खेलकुदलाई माया गर्ने र यसको विकासमा सरोकार राख्ने सबै पक्षलाई गम्भीर भएर विधान संशोधनविरुद्ध एकजुट हुन हार्दिक अनुरोध गर्न चाहन्छु । ओलम्पिकभित्रको पारदर्शीता, संघहरुको स्वायत्तता, अन्तर्राष्ट्रिय सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यमा सबैलाई गोलबद्ध हुन अपिल गर्दछु,’ श्रेष्ठले अगाडी लेखेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो