माघ १५, २०८२ बिहीबार | ०३:५६:४९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीले पूर्वघोषित पुरस्कार पाउने

हेटौंड । नवौं रष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीले प्रदेश सरकारकोतर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।

२०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भएपछि तत्कालिन खेलकुद मन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडिलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरे पनि हालसम्म सो पुरस्कार वितरण भएको थिएन । घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारिएको जानकारी दिए ।

‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ ।अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ । हामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडिलाई पुरस्कार बाँड्छौं’ मन्त्री महर्जनले भने ।

उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडिको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भए पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।

मन्त्रालयले स्वर्ण, रजत र कांस्य पदक जित्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

आजै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त प्रतियोगिताको पुरस्कार खेलाडिहरुलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो । संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।