चैत्र १२, २०८२ बिहीबार | २१:४०:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

खेल पूर्वाधार निर्माण समयमै सक्न मन्त्री महर्जनको निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरीटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन गरेका छन् ।

सोमबार बिहान मन्त्री महर्जनले रंगशाला परिसरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरे ।

निरिक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सम्वन्धित सबैलाई निर्देशन दिए । उनले निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरे ।

गौरीटार परिसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी पौडी पोखरी निर्माण भइरहेको छ । प्रदेश सरकारको ९ करोड रुपैयाँ लागतमा २ वटा पौडी पोखरी निर्माणको काम भइरहेको छ । एउटा पोखरी अभ्यास र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेश खेलकुद परिषदका अनुसार गौरीटार रंगशालाको गुरुयोजनामा कुल २१ वटा संरचना बनाउन लागिएको छ । साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कभर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेललगायतका संरचना बन्नेछन् ।

फुटबल रंगशाला निर्माणको काम भने लगभग अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो