चैत्र १४, २०८२ शनिबार | ०१:४४:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई किट्स वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार किट्स वितरण गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले पाँच खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे ।

दोश्रो चरणमा थपिएका पाँच खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स प्रदान गरिएको हो । गत जेठ ७ गतेदेखि सुरु दोश्रो चरणको विशेष प्रशिक्षणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरिएको थियो ।

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि विशेष प्रशिक्षणमा छन् ।

सदस्यसचिव घिसिङले हाल विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको अनुशासन र प्रगतिलाई मध्यनजर गरेर मात्र आगामी विशेष प्रशिक्षणमा अवसर प्रदान गर्ने बताउदै खेलाडी र प्रशिक्षकलाई गम्भीर भएर प्रशिक्षण गर्न÷गराउन निर्देशन दिएका छन् ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले यो आर्थिक वर्षको विशेष प्रशिक्षण असार मसन्तसम्म चल्ने बताउदै आगामी आर्थिक वर्ष पनि यसले निरन्तरता पाउने बताए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो