चैत्र १४, २०८२ शनिबार | ०९:४३:४१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

संसदमा भन्दा डरलाग्दो राजनीति खेलकुद संघमा हुँदो रहेछः युवा तथा खेलकुद मन्त्री श्रेष्ठ

फाइल तस्विर

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल संघ खेलाडीहरूको हकहितका लागि नभएर आपसी राजनीतिमा व्यस्त रहेको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले खेलकुद संघहमा संसदको राजनीतिभन्दा डरलाग्दो रहेकाे धारणा राखे ।

‘४७ सालदेखिका विवाद समाधान गरेर बस्नुपरेको छ । खेलकुद संघहरूमा बेतिथिहरु धेरै रहेछ । जसले गर्दा खेलाडीको हकहितभन्दा पनि उनीहरू आपसी राजनीतिमा रुमल्लिएका छन्,’ मन्त्री श्रेष्ठले भने ।  

यस्तै विनियोजन विधेयक माथिको प्रश्नमा जवाफ दिँदै गर्दा उनले मूलपानी क्रिकेट रंगशाला निर्माण, कीतिपुरको क्रिकेट मैदानमा फ्लडलाइट जडान, खेलाडी फिटनेस हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

यसैगरी मन्त्री श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकोले प्रदेश र स्थानीय तहमा सशर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको बताए । उनले भने, ‘१०औं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशका लागि ६० करोड बजेट विनियोजन गनुपर्ने भएकाले प्रदेश र स्थानीय तहमा बजेट छुट्याउन गाह्रो भएको छ । कर्णाली प्रदेशले पूर्वाधारमा ५२ करोड खर्च गरिसकेको छ । यस्तोमा हामीले बजेट विनियोजन नगर्दा कर्णालीलाई न्याय नगरेको जस्तो हुन्छ । यो भनेको कर्णाली सरकारले पेट काटेर पूर्वाधारमा खर्च गरेको कुरालाई अन्याय गर्नु हो ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो