माघ १७, २०८२ शनिबार | १०:४२:४६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

संसदमा भन्दा डरलाग्दो राजनीति खेलकुद संघमा हुँदो रहेछः युवा तथा खेलकुद मन्त्री श्रेष्ठ

फाइल तस्विर

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल संघ खेलाडीहरूको हकहितका लागि नभएर आपसी राजनीतिमा व्यस्त रहेको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले खेलकुद संघहमा संसदको राजनीतिभन्दा डरलाग्दो रहेकाे धारणा राखे ।

‘४७ सालदेखिका विवाद समाधान गरेर बस्नुपरेको छ । खेलकुद संघहरूमा बेतिथिहरु धेरै रहेछ । जसले गर्दा खेलाडीको हकहितभन्दा पनि उनीहरू आपसी राजनीतिमा रुमल्लिएका छन्,’ मन्त्री श्रेष्ठले भने ।  

यस्तै विनियोजन विधेयक माथिको प्रश्नमा जवाफ दिँदै गर्दा उनले मूलपानी क्रिकेट रंगशाला निर्माण, कीतिपुरको क्रिकेट मैदानमा फ्लडलाइट जडान, खेलाडी फिटनेस हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

यसैगरी मन्त्री श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकोले प्रदेश र स्थानीय तहमा सशर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको बताए । उनले भने, ‘१०औं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशका लागि ६० करोड बजेट विनियोजन गनुपर्ने भएकाले प्रदेश र स्थानीय तहमा बजेट छुट्याउन गाह्रो भएको छ । कर्णाली प्रदेशले पूर्वाधारमा ५२ करोड खर्च गरिसकेको छ । यस्तोमा हामीले बजेट विनियोजन नगर्दा कर्णालीलाई न्याय नगरेको जस्तो हुन्छ । यो भनेको कर्णाली सरकारले पेट काटेर पूर्वाधारमा खर्च गरेको कुरालाई अन्याय गर्नु हो ।’
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।