चेस प्रतियोगिता

नविन्द्रराज जोशी मेमोरियल र्यापिड रेटिङ चेस हुने

सांकेतिक तस्विर

काठमाडौं । नविन्द्रराज जोशी मेमोरियल र्यापिड रेटिङ चेस  प्रतियोगिता बिहीबार हुने भएको छ ।

इटुम बहालमा हुने प्रतियोगिता स्विस लिगको आधारमा खेलाइने छ । प्रतियोगितामा १९०० रेटिङ प्वाइन्टमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी चौथोदेखि छैटौं स्थानमा रहनेलाई क्रमशः ७ हजार, ५ हजार र ४ हजा रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, काठमाडौं महानगपालिका भित्र तथा अन्डर रेटेडतर्फका शीर्ष दुईले क्रमशः ३ हजार र २ हजार रुपैयाँ गर्नेछन् ।

महिला, भेट्रान ५५ वर्षमाथि, इलो १८००/१७०० रेटेड खेलाडी र यु-१६/ १४/ १२ मा उत्कृष्ट ठहरिनेलाई २ हजार रुपैयाँ प्रदान गरिने छ ।