माघ १८, २०८२ आइतबार | ११:५३:०७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

रजिन र राजको ह्याट्रिक स्वर्ण

काठमाडौं ।  रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तीन स्वर्ण पदक जितेका छन् ।

काठमाडौंका रजिनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण पदक हात पारे ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपन र सर्टमा ओखल्ढुंगाका कुमार बलामी दोश्रो तथा ललितपुरका पेम्बा शेर्पा तेश्रो भए । बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य पदक प्राप्त गरे ।

यसैगरी धादिङका राज थापाले पनि स्वर्ण पदकमा ह्याट्रिक गरे । राजले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा  स्वर्ण जिते ।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह-आयोजनामा भएको प्रतियोगिको बेयर ह्यान्ड र सर्ट वेपनमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौंका अमोद बस्नेतले कांस्य पदक हात पारे ।लङ वेपनमा सागर तथा काठमाडौंका रिकेश च्यामेले कांस्य पदक जिते ।

जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले स्वर्ण पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मन्त्री पुकार महर्जनले गरे ।

पहिलो दिनका पदक विजेतालाई नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, कुङफुका प्रशिक्षक सुकमान लामा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा १६ जिल्लाका १८० खेलाडीले सिनियर र जुनियर गरि ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह-आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् ।

प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।