चैत्र १८, २०८२ बुधबार | १५:३७:५६
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

रजिन र राजको ह्याट्रिक स्वर्ण

काठमाडौं ।  रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तीन स्वर्ण पदक जितेका छन् ।

काठमाडौंका रजिनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण पदक हात पारे ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपन र सर्टमा ओखल्ढुंगाका कुमार बलामी दोश्रो तथा ललितपुरका पेम्बा शेर्पा तेश्रो भए । बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य पदक प्राप्त गरे ।

यसैगरी धादिङका राज थापाले पनि स्वर्ण पदकमा ह्याट्रिक गरे । राजले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा  स्वर्ण जिते ।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह-आयोजनामा भएको प्रतियोगिको बेयर ह्यान्ड र सर्ट वेपनमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौंका अमोद बस्नेतले कांस्य पदक हात पारे ।लङ वेपनमा सागर तथा काठमाडौंका रिकेश च्यामेले कांस्य पदक जिते ।

जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले स्वर्ण पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मन्त्री पुकार महर्जनले गरे ।

पहिलो दिनका पदक विजेतालाई नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, कुङफुका प्रशिक्षक सुकमान लामा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा १६ जिल्लाका १८० खेलाडीले सिनियर र जुनियर गरि ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह-आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् ।

प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो