माघ १५, २०८२ बिहीबार | ०९:४०:३५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रिय र ग्लोबल लेजर रन मंसिर ६ र १० गते हुने

काठमाडौं ।  नेपाल मोर्डन पेन्टाथलोन संघ (एनएमपीए) को आयोजनामा मंसिर ६ गते दोस्रो राष्ट्रिय लेजर रन र मंसिर १० गते ग्लोबल रन सिटी टुर हुने भएको छ।

सन् २०१५ मा गठित उक्त संघले गर्न लागेको यो पहिलो ग्लोबल प्रतियोगिता हो।

आइतबार एनएमपीएले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट १०० भन्दा बढी खेलाडीले भाग लिने जनाएको छ।
यु ११, यु १३, यु १५, यु १७ र यु १९ उमेर समुह तथा सिनियर टोलीका छुट्टा छुट्टै इभेन्टस हुनेछ।

त्यस्तै ग्लोबल लेजर रन सिटी टुरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी चार देशको सहभागिता रहनेछ।

दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टसमा शीर्ष ४ भित्र रहने खेलाडीहरु ग्लोबल रनमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताए । 

लेजर सिटी रनमा खेलाडीहरुले दौडिनै निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरी दौडिनेछ। यो प्रकृया पाँच राउन्डसम्म हुने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।

मोर्डन पेन्टाथलोनमा पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स इभेन्टस समावेश हुनेगर्छ। लेजर रनमा भने लेजर गन शट र एथलेटिक्समात्र समावेश छन्।

प्रतियोगिता सातदोबाटोको राष्ट्रिय खेलकुद परिषर(राखेप) अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसर भित्र विहान ९ बजेबाट सुरु हुनेछ।
संघले राष्ट्रिय र स्थानीय स्तरका खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।