चैत्र १५, २०८२ आइतबार | १४:२१:२७
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

दक्षिण एसियाको च्याम्पियन बन्ने सपना बाँकी छ

समग्रमा हिजो नेपालले राम्रो खेल्यो । पहिलो हाफमा हामीले रक्षात्मक रहँदै काउन्टर अट्याकलाई जोड दियौं । तर दोस्रो हाफमा हामीले सम्पूर्ण रुपमा आक्रामक फुुटबल खेल्ने प्रयास गर्यौं । त्यही क्रममा नेपालले केही उत्कृष्ट आक्रमण पनि गर्यो । 

भारतले पनि केहि राम्रा अवसर सिर्जना गरेको थियो । तर समग्रमा भारतभन्दा हामीले धेरै अवसर सिर्जना गरेका थियौं । अवसर धेरै सिर्जना गरे पनि हामीले चुस्त आक्रमण भने गर्न सकेनौं । हाम्रो आक्रमण फितलो रह्यो । 

आक्रमणमा खासगरी मनिस डाँगी र विशाल राईले निकै राम्रा अवसर खेर फाले । मनिस र विशालको दुई वटा आक्रमण चाँही हुनुपर्थ्यो कि भन्ने हो । 

पहिलो हाफमा रक्षात्मक खेलेर काउन्टर अट्याकमा जाने र दोस्रो हाफमा पूरा आक्रामक खेल्ने रणनीति अलि सुहाउँदो लागेन ।

हामीले पहिलो हाफमा रक्षात्मक रहँदै काउन्टर अट्याकमा अवसर खोज्नेतिर जोड दियौं । त्यो धेरै हदसम्म सफल पनि भएको थियो । काउन्टर अट्याकमा मुभ पनि बनिरहेको थियो ।

दोस्रो हाफमा हामी पूर्णरुपमा आक्रमक भयौं । आक्रमणमा एकोहोरो ध्यान दिएर धेरै अघि बढ्दा गोल खान पुग्यौं । पहिलो हाफमा रक्षात्मक खेलेर काउन्टर अट्याकमा जाने र दोस्रो हाफमा पूरा आक्रामक खेल्ने रणनीति अलि सुहाउँदो लागेन ।

नेपालले आक्रमणको रणनीति लिदाँ पनि राम्रो खेलेको थियो । तर मेरो व्यक्तिगत धारणा आक्रमक खेल्ने भए सुरुदेखि नै खेल्नुपर्थ्यो भन्ने हो । नेपालले पहिलो हाफ जस्तै गरी दोस्रो हाफमा पनि खेलेको भए खेलले अर्को मोड लिन्थ्यो होला । स्कोर बराबर हुन्थ्यो कि । तर पनि नेपाल आक्रमणको रणनीतिमा पनि खरो उत्रिएको देखिन्छ ।

पहिलो खेलमा १-१ को बराबरी नतिजा निकाल्यौं । दोस्रो खेलमा हामीले कम्तिमा बराबरीको सम्भावना भए पनि २-१ को हार स्वीकार्यौं । समग्रमा नेपालको खेल निकै माथिल्लो स्तरको थियो । 

नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलमा भारतले तीन गोल गर्यो । यो तीनै गोलमा सुनिल क्षेत्रीको भूमिका रहयो । भारतको प्रदर्शन नराम्रो त होइन, तर स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भने पक्कै हो । 

भारतले आफ्नो स्तरअनुसारको प्रदर्शन नगरेको भन्नेहरु पनि धेरै भेटिए । यो कुरा मैले पनि अनुभव गरेँ । हामीले खेल्दा जुन भारतको खेल थियो, अहिले त्यस्तो छैन कि भन्ने मलाई पनि लागेको छ । 

हामीले २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा २-१ ले हराउँदा पनि भारतको खेल निकै राम्रो थियो । अझ त्यसपछि त भारतको यही टिमले घेरै प्रतियोगिताहरु खेलिसकेको छ । तर पनि भारतको आक्रमणमा पनि कप्तान सुनिल क्षेत्री एक्लै देखिन्थे । नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलमा भारतले तीन गोल गर्यो । यो तीनै गोलमा सुनिल क्षेत्रीको भूमिका रहयो । भारतको प्रदर्शन नराम्रो त होइन, तर स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भने पक्कै हो । 

नेपालले भारतविरुद्धका दुवै खेलमा राम्रो फुटबल खेलेको हो । तर मेरो विचारमा नेपालले पहिलोको दाँजोमा दोस्रो खेलमा पकड जमाउन सकेन कि भन्ने हो । पहिलो खेलमा हामीले पोजिशन बनाएका थियौं । स्कोर पनि हामीले नै पहिले निकालेका थियौं । भारतलाई दबाबमा राखेका थियौं । 

दोस्रो खेलमा भारतले पोजिशन बनाएर खेल्यो । हुन त भारतले पहिलो खेलको कमजोरी सुधारेको हुन सक्छ । दोस्रो खेलमा नेपालले आक्रामक रणनीतिमा राम्रो गरेको देखिन्छ । यसबाट नेपालले रक्षात्मक रहँदै काउन्टर अट्याकमा जाने र पूर्ण रुपमा आक्रामक दुवै खालको रणनीतिमा खेल्न सक्छ भन्ने प्रमाणित भएको छ । यो निकै राम्रो हो ।

त्यसका बावजुद नेपालले अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपअघि सुधार्नुपर्ने कुरा पनि धेरै छन् । खासगरी आक्रमणमा नेपालको कमजोरी ‘अट्याकिंग थर्ड’मै हो । जुन यो मैत्रीपूर्ण खेलमा पनि देखियो । यही कारण दुवै खेलमा निक्कै राम्रा मुभ बनाए पनि तिनले अन्तिम टच पाउन सकेनन् ।

हाम्रा खेलाडीले आफ्नो क्षेत्रमा देखाए जस्तो आत्मबल विपक्षीको पोस्टमा देखाउन सकेनन् । केटाहरु केही हतारिएको र आत्तिएको जस्तोे देखिन्थ्यो । 

पक्कै पनि भारत दक्षिण एसियाकै सबैभन्दा बलियो टोली हो । तर पनि नेपालले उनीहरुलाई दबाबमा राख्दै गरेको प्रदर्शनका आधारमा हामीले आफूलाई साफ च्याम्पियनसिपको दाबेदार किन नभन्ने ? 

हुन त मैत्रीपूर्ण खेल भनेकै आफूमा भएको कमजोरी पत्ता लगाउनका लागि हो । कमजोरी पत्ता लगाउन सकियो भने न त्यसलाई सुधार्न सकिन्छ । नेपालले पनि भारतविरुद्धका दुई खेलबाट आफ्ना कमजोरी पत्ता लगाएको छ । साफका लागि कमजोरी सुधार्न हामीसँग पर्याप्त समय पनि छ । 

तमाम कमजोरीका बावजुद नेपालले आफूलाई आसन्न साफ च्याम्पियनसिपको दाबेदारका रुपमा उभ्याएको छ । पक्कै पनि भारत दक्षिण एसियाकै सबैभन्दा बलियो टोली हो । तर पनि नेपालले उनीहरुलाई दबाबमा राख्दै गरेको प्रदर्शनका आधारमा हामीले आफूलाई साफ च्याम्पियनसिपको दाबेदार किन नभन्ने ? 

२०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई हराएर हामी समूह विजेता बन्दै सेमिफाइनल पुगेका थियौं । तर अफगानिस्तानविरुद्धको दूर्भाग्यजनक पराजयका कारण हामी घरेलु मैदानमा उपाधि चुम्नबाट बञ्चित भयौं । त्योबेला उपाधिको नजिकै पुगेर पनि निराश हुनुपरेका हामीले त्यतिखेर उपाधि त्यागे पनि दक्षिण एसियाको च्याम्पियन हुने सपना त्यागेका छैनौं । 

त्यो सपना अहिले पनि हामी सबैमा उत्तिकै छ । अहिले भाइहरुले राम्रो फुटबल खेलिरहेका छन् । म अहिले निक्कै राम्रो सम्भावना देख्छु । केही नभए पनि माल्दिभ्समा हाम्रो टिम फाइनलसम्म पुग्छ भन्ने छ, त्यसमा पनि उपाधि घर लिएर आउन सके त्योभन्दा ठूलो खुसी हाम्रा लागि अरु हुने छैन ।
 
साफ च्याम्पियनसिपमा जितका लागी भाइहरुलाई सुभकामना !

(लेखक नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी हुन् ।)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो