फाल्गुन ७, २०८२ बिहीबार | १३:२०:२३
विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य

फुटबल प्रशासन र टिम नेतृत्वलाई प्रश्‍न

सिजन अहिले फुटबलको छ । युरोपियन च्याम्पियनसिप (युरो २०२०) को सरगर्मीले पूरा युरोपलाई तताएको छ भने दक्षिण अमेरिकी फुटबलप्रेमीहरुको ध्यान आसन्‍न कोपा अमेरिका २०२० मा केन्द्रित छ । लामो समयदेखि रोकिएका कतार विश्‍वकप २०२२ का छनोट खेलहरु पनि अहिले तिब्र गतिमा भइरहेका छन् ।

कोभिड १९ को महामारीले विश्‍व आक्रान्त हुन थालेको डेढ वर्ष नाँघिसकेको छ । त्यसैले यही महामारीका कारण गत वर्ष स्थगित गरिएका विश्‍वकप छनोट‍का खेलहरु अहिले धमाधम भइरहेका छन् । एसियाली देशहरु कोभिड १९ को दोस्रो लहरको चपेटामा पर्दा विश्‍वकप तथा एसियन कपको संयुक्त छनोटका खेलहरु होम एण्ड अवे पद्दतिबाट नगराई सेन्टल भेन्युका रुपमा एकै ठाउँमा गराइएको छ । 

विश्‍वकप तथा एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपाल अहिले बाँकी रहेका तीन घरेलु खेल खेल्नका लागि कुवेतको भ्रमणमा छ । नेपालले कोभिड १९ को महामारीअघि नै सबै अवे तथा एक घरेलु खेल खेलिसकेको थियो । एएफसीको निर्णयअनुसार समूहका बाँकी सबै खेल कुवेतमा हुने भएपछि नेपाल त्यहाँ पुगेको हो । 

विश्‍वव्यापी फुटबलको मौसमअनुसार नेपालमा पनि फुटबलको ज्वरो चढ्नु स्वभाविक हो । कुवेतमा नेपालले खेल्नुपर्ने तीनमध्ये दुई खेल खेलिसकेको छ । पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपालले दोस्रो खेलमा जोर्डनलाई ३-० ले नतिजा सुम्पियो । अस्ट्रेलियाविरुद्धको अन्तिम खेल खेल्न बाँकी छ । 

नेपाली राष्‍ट्रिय टोलीले विश्‍वकप वा एसियन कपलाई छानिने सपना पनि व्यवहारिक रुपमा अहिलेसम्म देख्‍न सकेको छैन । औपचारिक भाषणमा वा सैद्धान्तिक बहसमा बोल्ने जस्तो ‘फुटबलमा सबथोक सम्भव’ हुँदैन भन्‍ने कुरा नेपाली फुटबल खेलाडी, प्रशिक्षक, पदाधिकारी र समर्थकले पनि बुझेका छन् । त्यसैले यहाँ नेपाली टोलीले कुवेतमा हासिल गरेका नतिजा र छनोट यात्रामा त्यसले पार्ने प्रभावबारे चर्चा गर्न खोजिएको होइन । 

एसियन कपको तेस्रो चरणको छनोटका लागि समूहमा चौथो स्थान हासिल गरेर सबै समूहमध्येबाट उत्कृष्‍ट चौथो हुने चार टोलीमा पर्नु स्वयम टोलीले कुवेत भ्रमणमा निस्कँदा बनाएको लक्ष्य थियो । उत्तर कोरियाको बर्हिगमन, सबै समूहका अंकगणित लगायतका तथ्यहरुका कारण नेपाल त्यो सम्भावनाबाट बञ्‍चित भइसकेको छ । अब नेपालले अगाडि बढ्नका लागि प्लेअफको सहारा लिनुपर्ने छ । 

कुनै पनि प्रतियोगितामा सहभागिले राखेका सबै लक्ष्य पूरा हुँदैनन् । अझ नेपालजस्तो ठूला अन्तर्राष्‍ट्रिय प्रतियोगितामा सधै अन्डरडगको हैसियतमा सहभागि हुने टोलीका लक्ष्य प्राय असफल हुन्छन् । यो नेपाली फुटबलको तितो सत्य हो । फुटबलमा गरिएको न्युन लगानी, यसलाई गरिएको बेवास्था र आफ्नो व्यक्तिगत वा सामूहिक स्वार्थपूर्तिको माध्यममात्र बनाइनुको परिणाम पनि हो यो । 

त्यसैले त प्रशिक्षक, प्रशासक वा अरु कोही फेरिनेवित्तिकै गरिने सुनौलो संसारको नयाँ यात्राका ‘गफ’हरु सधै उस्तै उत्साहजनक र आशालाग्दा हुन्छन् । अनि मैदानमा नतिजा चाँही त्यसको ठिक विपरित सधै उस्तै निराशाजनक र टिठलाग्दो हुने गर्छ । अनि समग्रमा हारिसकेको खेलभित्र पनि एउटा पास, एउटा मुभ, एउटा खेलाडी, एउटा शैली वा अरु कुनै यस्तै विषयलाई प्रगतितर्फको बाटोका रुपमा बयान गर्न सरोकारवालाहरु बाध्य हुन्छन् । ‘पण्डित’हरुलाई निराशाको समुद्रबाट आशाका त्यस्ता ससाना मोती खोज्‍न हम्मे पर्छ । 

कुवेत यात्रामा नेपाली राष्‍ट्रिय टोली फेरी एकपटक यस्तै नियमित प्रकृयाहरुबाट गुज्रिइरहेको छ । यसपाली पनि टिममा नयाँ प्रशिक्षक थिए, कुवेतका अहमद अल्मुताइरी । उनले पण्डित तथा फुटबलका एजेन्डा सेटरहरुलाई पनि विश्‍वासमा राख्दै भविश्यका लागि टिम बनाउने भन्दै नेपालीको खेल्ने शैलीमा पूर्ण परिवर्तन ल्याउने र आक्रामक फुटबल पस्किने बताएका थिए । नेपालले त्यही अनुरुप नयाँ नयाँ शैलीमा आक्रामक फुटबल खेलेर भविश्य राम्रो भएको प्रमाण दिएको हरेक दिन प्रचार गरियो । 

तर तथ्यमा गएर हेर्ने हो भने नेपाली टोलीको नतिजाले त्यसो भन्दैन । प्रत्येक पटक नेतृत्वमा परिवर्तन भएपछि दिइने ‘गफ’जस्तै भएको छ, यसपालीको कथा पनि । नेपालले कुवेतमा छनोट प्रतियोगिता खेल्नुअघि इराकमा गएर इराकी राष्‍ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलसहित जोड्ने हो भने नेपालले यसबीचमा तीन खेल खेलिसकेको छ । ‘नयाँ शैली’ र ‘पुर्नसंरचना’ जस्ता भारी सव्दाबली लोकप्रिय बनाइए पनि नेपालको नतिजा विगतजस्तै छ । 

अर्थात नेपालले २० वर्षअघि इराकको पहिलो रोजाईको टोलीसँग पछिल्लो पटक खेल्दा नतिजा ४-२ को हार थियो । यसपाली दोस्रो रोजाईको इराकी टोलीले नेपाललाई ६-२ को नतिजामा हरायो । चाइनिज ताइपेईसँग यही विश्‍वकप तथा एसियन कप छनोटअन्तर्गत पहिलो लेग उसकै मैदानमा गएर खेल्दा नेपाल २-० ले विजयी भएको थियो । यसपाली कुवेतमा खेल्दा पनि नतिजा २-० कै जित भयो । जोर्डनसँग पहिलो लेगमा ३-० को पराजय भोगेको थियो । दोस्रो लेग पनि ३-० कै हार भयो ।  सबै नतिजा पहिलाजस्तै वा त्योभन्दा पनि खराब ।

सबै तथ्य र प्रत्येक ९० मिनेटको रस्साकस्सी टेलिभिजनबाट हेर्दा नेपाली फुटबल नयाँ बाटोमा हिडेको देखिन्‍न । यसको मतलब प्रशिक्षक अल्मुताइरी गलत हुन भन्‍न खोजेको होइन । यो त उनको पहिलो प्रतियोगिता हो । यसमा उनले कम्तिमा नेपाली टोलीको पछिल्लो समयको स्तरलाई गिर्न दिएका छैनन् । यसैमा उनलाई पूर्णांक दिनुपर्छ । तर भविश्यका लागि उनले बनाएको योजना के हो ? त्यसलाई कार्यान्वयन गर्ने उनको सोच के हो ? त्यो नेपाली फुटबलका लागि उपयुक्त हुन्छ की हुन्‍न ? र त्यो सबका लागि उनी आफै उपयुक्त पात्र हुन की होइनन ? भन्‍ने जस्ता तमाम प्रश्‍नको उत्तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले खोज्‍नुपर्छ र सही लागेमा उनलाई दीर्घकालिन रुपमा जिम्मेवारी दिनुपर्छ । तत्कालका लागि नतिजा खोज्‍नुहुन्‍न । तत्कालका लागि नतिजा खोज्‍ने हो भने उनले भविश्यका लागि राम्रो जग हाल्न सक्दैनन् । 

विगतमा पनि नेपाली फुटबलमा धेरै विदेशी प्रशिक्षकले अल्मुताइरी जस्तो प्रयास गरेकै हुन् । तर तत्कालका लागि नतिजा खोज्‍ने एन्फाको बानीका कारण कुनै पनि प्रशिक्षकले दीर्घकालिन योजनामा काम गर्न पाएनन् । जसका कारण प्रशिक्षकहरु या असफल घोषित भएर या नाम सम्झन लायक कुनै प्रभाव पनि नछोडिकन विदा भएका छन् । नतिजा, नेपाली फुटबल सधै उही नयाँ योजना र शैलीको ‘गफ’, मैदानमा सधैजस्तै असफल नतिजा, त्यसभित्रका सकारात्मक पक्ष खोजेर मन बुझाउने अनि परिवर्तनको कहिल्यै नफेरिने निराशाजनक शृंखलाको दलदलमा जाकिइरहेको छ । विकासतर्फ अग्रसर भन्दै दशकौंदेखि नेपाली फुटबललाई यथास्थितीवादको भुमरीमा कैद गरिएको छ । 

त्यसैले यो नेपाली फुटबलको यथास्थितीवादको मात्र प्रशंग होइन । उच्च स्तरको फुटबल प्रशिक्षणमा करियर खोज्दै गरेका नयाँ प्रशिक्षक अल्मुताइरीको लागि पनि जोखिमपूर्ण विषय हो । त्यसैले उनले पनि आफ्ना योजना र कार्यशैलीमा प्रष्‍ट भएर एन्फासँग बीचमा तोड्न नमिल्ने खालको निश्‍चित समयको सम्झौता गरेर काम गर्नुपर्छ । त्यसो भए मात्र उनी आफूमा भएको क्षमता मैदानमा प्रमाणित गर्न सक्षम हुनेछन् । अन्यथा सम्झौताहरुको लामो सुचीले उनीबाट नेपाली फुटबलले उर्जा लिने त परको कुरा उनको उर्जा पनि सेलाउँदै जान सक्छ । 

दीर्घकालिन योजनाबाट निर्देशिन होइन भने ‘नयाँ शैली’ वा अरु केही भनेकै भरमा राष्‍ट्रिय टोलीलाई सधै प्रयोगको थलो बनाउने छुट कसैलाई हुन्‍न । प्रयोग गर्ने थलो भनेको एकेडेमी र उमेर समूहका टिम हुन, राष्‍ट्रिय टोली मैदान उत्रिँदा नतिजाका लागि उत्रिनुपर्छ । फुटबलमा शैली र रणनीति भनेकै नतिजाका लागि हो । तर नेपाली फुटबलमा नतिजा सधै उस्तै, अनि शैली सधै नयाँ ? यो प्रश्‍नको जवाफ फुटबल प्रशासनले नतिजाबाटै दिन सक्नुपर्छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||