चैत्र १६, २०८२ सोमबार | १२:००:४९
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

फुटसलको बन्द प्रशिक्षणमा २५ खेलाडी

काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीका लागि अखिल नेपाल फुटबल संघले खुल्ला छनोट प्रतियोगिताको सम्पन्न गरेको छ ।

चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा मंगलबार सम्पन्न छनोट प्रतियोगिताबाट २५ खेलाडी बन्द प्रशिक्षणमा छानिए ।

सोमबार ३५ खेलाडी दोस्रो चरणका लागि छनोट भएका थिए । आइतबारबाट सुरु भएको छनोट प्रतियोगितमा करिब २ सय जनाले सहभागिता जनाएका थिए ।

बन्द प्रशिक्षणबाट १४ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ । नेपाली टोलीको जिम्मेवारी प्रशिक्षक गौरव बस्नेतले सम्हाल्नेछन् ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

गोलकिपरः सुमित आले, सागर गुरुङ, आशिष दंगाल, सनम शेर्पा

फिक्सोः सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री

अलाः रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी

पिभोटः मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिष सेडाई


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो