माघ १८, २०८२ आइतबार | १०:३४:४८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एसियाली खेलकुद लक्षित एन्टी डोपिङ कक्षा सुरु

एन्टी डोपिङ कक्षाको उद्घाटन गर्दै खेलकुद मन्त्री डिगबहादुर लिम्बु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९ औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा सुरु भएको छ ।

तीन दिने कक्षा  मंगलबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी कक्षा सञ्चालन गरिने छ ।

सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहेको औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने छ ।

दक्षिण एसियाली एन्टी डोपिङ अर्गनाइजेसनका बोर्ड सदस्य डा.ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटी अन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिने छन् ।

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे ।

सोही अवसरमा खेलकुद मन्त्री लिम्बुले १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गरेका थिए । त्यस अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ लगायतको उपस्थिति  थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।