फाल्गुन १६, २०८२ शनिबार | १९:२४:५३
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन

लुम्बिनी प्रदेश दोस्रो कुराँश प्रतियोगितामा च्याम्पियन

धरान । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता विभागीय टोली नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ गण्डकीका सुजित पासवान र महिला लुम्बिनीकी प्रतीक्षा केसी उत्कृष्ट खेलाडी घोषित भए । प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । आर्मीकी उर्मिला गुरुङ तथा प्रदेश–१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापा कांस्य जिते ।

पुरुषतर्फ उत्कृष्ट सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए । यो तौलसमूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण जित्दा बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जितेका थिए । जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्दा लुम्बिनीकै नेहा खत्रीलाई हराइन् । गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कांस्य पदक जितिन् । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण जित्दा लुम्बिनीकै आसिका जिसीले रजत पदक जितेकी थिइन् ।

गण्डकीकी लिला पुरी र मधेशकी अस्था राईले कांस्य पदक जितिन् । सिनियर पुरुष ७३ केजीमुनि तौलसमूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जिते । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कांस्य पदक जिते । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण जित्दा मधेशकी प्राप्ति रानामगरलाई हराइन् । प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कांस्य पदक जिते ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले गरेका थिए । प्रतियोगिताको विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र विशेष अतिथी कोशी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव हंषराज वाग्लेले पुरस्कृत गरेका थिए । समापन समारोहमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राई र संघका अन्य पदाधिकारी तथा सदस्य उपस्थित थिए ।

जेठ २६ देखि २८ गतेसम्म सम्पन्न प्रतियोगितामा पुरूष तथा महिला दुवै तर्फ जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । तीनदिने प्रतियोगितामा कुल एक सय ५१ खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीसहित ६ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अगाडि गत जेठ २६ गते रेफ्री सेमिनार पनि भएको थियो । अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले उक्त सेमिनार प्रदान गरेका थिए ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||