माघ १७, २०८२ शनिबार | १०:२३:५७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लुम्बिनी प्रदेश दोस्रो कुराँश प्रतियोगितामा च्याम्पियन

धरान । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता विभागीय टोली नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ गण्डकीका सुजित पासवान र महिला लुम्बिनीकी प्रतीक्षा केसी उत्कृष्ट खेलाडी घोषित भए । प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । आर्मीकी उर्मिला गुरुङ तथा प्रदेश–१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापा कांस्य जिते ।

पुरुषतर्फ उत्कृष्ट सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए । यो तौलसमूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण जित्दा बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जितेका थिए । जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्दा लुम्बिनीकै नेहा खत्रीलाई हराइन् । गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कांस्य पदक जितिन् । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण जित्दा लुम्बिनीकै आसिका जिसीले रजत पदक जितेकी थिइन् ।

गण्डकीकी लिला पुरी र मधेशकी अस्था राईले कांस्य पदक जितिन् । सिनियर पुरुष ७३ केजीमुनि तौलसमूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जिते । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कांस्य पदक जिते । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण जित्दा मधेशकी प्राप्ति रानामगरलाई हराइन् । प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कांस्य पदक जिते ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले गरेका थिए । प्रतियोगिताको विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र विशेष अतिथी कोशी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव हंषराज वाग्लेले पुरस्कृत गरेका थिए । समापन समारोहमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राई र संघका अन्य पदाधिकारी तथा सदस्य उपस्थित थिए ।

जेठ २६ देखि २८ गतेसम्म सम्पन्न प्रतियोगितामा पुरूष तथा महिला दुवै तर्फ जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । तीनदिने प्रतियोगितामा कुल एक सय ५१ खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीसहित ६ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अगाडि गत जेठ २६ गते रेफ्री सेमिनार पनि भएको थियो । अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले उक्त सेमिनार प्रदान गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।