चैत्र १३, २०८२ शुक्रबार | १२:०७:३९
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता शुक्रबारदेखि हुने

काठमाडौं । दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ ।

नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता धरानमा हुँदैछ। पुरूष तथा महिला दुवैतर्फ जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए ।

अन्तराष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर प्राविधिक सहयोग र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ ।

महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। जसअन्तर्गत २५ केजीमुनि, ३० केजीमुनी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजी मुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूह समावेश गरिएको छ ।

तीन दिने प्रतियोगितामा कुल १ सय खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी,  नेपाल एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जनाएको छ ।

प्रतियोगिता आयोजनका लागि करिब २० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान  छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो