चैत्र १४, २०८२ शनिबार | १४:४६:०४
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असार ८ मा हुने

कैलाली । चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको चौथो  असार ८ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको मिति घोषणा गरेको हो ।

पछिल्ला तीन बर्षदेखि हुँदै आएको सुदुरपश्चिम स्पोर्टस अवार्डको चौथो संस्करण ८ गते धनगढीमा आयोजना गर्नका लागि तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए

वर्ष २०७९ मा सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न आठ विधामा अवार्ड वितरण गरिने भएको छ ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा  महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदुरपश्चिम आइकन पुरुष तथा महिला, लाइफटाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले बताए ।

पाठकका अनुसार लाइफटाइम एचिभमेन्ट र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।

अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए ।  

वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । सुदुरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले २० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यसैगरी वर्षको प्रशिक्षकले ३० हजार रुपैयाँ  प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीलाई  २५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो