प्याराग्लाइडिङ

प्याराग्लाईडिङ सुरु: आर्मी र गण्डकी शीर्ष स्थानमा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्र्तगत शनिबारदेखि प्याराग्लाइडिङ सुरु भएको छ । पहिलो दिनको पहिलो चरणको खेलमा एकल पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र टिमतर्फ भने गण्डकी प्रदेश अग्र स्थानमा छन् ।

४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाईडिङ क्रस कन्ट्रीतर्फको इभेन्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक सहित शीर्ष स्थानमा छन् ।

त्यसैगरी गण्डकी प्रदेशका विजय गौतम ९ सय ४८ अंकका साथ दोश्रो स्थानमा रहँदा बागमती प्रदेशका कृष्ण बहादुर सुनुवारले ९ सय २५ अंक बटुल्दै तेश्रो स्थानमा छन् ।

टिम इभेण्टमा गण्डकी २ हजार ५ सय ५६ अंक ल्याउदै अग्र स्थानमा छ । २ हजार १ सय ४८ अंक बटुल्दै आर्मी दोस्रो स्थानमा छ ।

प्याराग्लाइडिङमा नेपाल आर्मी, एपिएफ, गण्डकी प्रदेश, प्रदेश नम्बर १, बागमती प्रदेश र कर्णाली प्रदेश गरी ६ टिमको सहभागिता छ ।