चैत्र ७, २०८२ शनिबार | १४:५३:५१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

उपराष्ट्रपतिबाट नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

पोखरा । करिब चार दशकपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो । पोखरा रंगशालामा शुक्रबार विभिन्न कार्यक्रमका बीच नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले विधिवत् रूपमा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका थिए । वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो र ३८ वर्षपछि पुनः पोखरेली समर्थकले यो आयोजना गर्ने अवसर पायो ।

उपराष्ट्रपति पुनले विधिवत् घोषणासँगै नवौं राष्ट्रिय खेलकुदले औपचारिकता पाएको हो । समारोहको अन्त्यमा आतिसबाजी गरियो । ४१ वर्षको इतिहास बोकेको सातदिने खेल महोत्सव आयोजनाको औपचारिक सुरुआत भएको थियो । त्यस अघि उपराष्ट्रपति पुनले नेपालको ऐतिहासिक खेलकुद महोत्सव आयोजना गर्न पाएकोमा गण्डकी प्रदेशका जनतालाई बधाई दिए । यसअघि नतिजा प्राप्त गरिसकेका खेलाडीलाई बधाई र प्रतिस्पर्धा गर्न बाँकी रहेका खेलाडीलाई उपराष्ट्रपति पुनले शुभकामना दिएका थिए ।

सो अवसरमा उनले खेलकुदमा लगानी बढाउन राज्यको ध्यान बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । त्यसअघि एथ्लेटिक्सका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरेका थिए । १८औं एसियाडमा रजत पदक विजेता प्याराग्लाइडिङका सुशील गुरुङ खेलाडीको तर्पmबाट र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले निर्णायकबाट प्रतिनिधित्व गर्दै सपथ लिए ।

उद्घाटन सत्रको सबैभन्दा पहिलो चरणमा मार्च पास्ट भयो । यसमा प्रतियोगितामा प्रतिस्पर्धी ११ टोली, पूर्वराष्ट्रिय खेलाडी र गण्डकी प्रदेशका विभिन्न जातजातीका समूह सहभागी थिए । गायक गायिकाहरूले सांगीतिक प्रस्तुतीका साथै विभिन्न भेषभुषामा सांस्कृतिक नृत्य पनि भए । यसबीच सातै प्रदेशका कला संस्कृति झल्कने नृत्य प्रस्तुतीले भने उपस्थिति दर्शकलाई केही उत्साहित बनायो । १६ हजार पाँच सय दर्शक क्षमता रहेका पोखरा  रंगशालामा रहेका दर्शकले त्यसको खुब आनन्द लिए ।

गायिका कुन्ती मोक्तान, आनन्द कार्की, शिव परियार, रचना रिमाल, बानिका प्रधान, प्रवीण बेडुवाल र रामभक्त जोजेजु सांगीतिक प्रस्तुत दिए । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ स्वागत मन्तव्य राखेपका थिए । उद्घाटन समारोहमा उपराष्ट्रपति पुनसँगै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप सदस्यसचिव घिसिङलगायत विभिन्न उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले गण्डकी खेल पर्यटनको सम्भावनाले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता राखेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि स्तरीय खेलाडी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वका केही देशमा खेल उद्योगका रूपमा विकास भइसकेको र नेपाल सरकारले पनि खेलकुद विकासमा प्राथमिकतामा राखेको उल्लेख गरे । राखेप सदस्यसचिव घिसिङले स्वागत मन्तव्य राखेका थिए ।

आगामी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा ३६ मध्ये ३५ खेलको प्रतिस्पर्धा हुँदै छ । पुरुष क्रिकेटको भने गत महिना नै सम्पन्न भइसकेको छ । तीन विभाग, सात प्रदेश एक एनआरएनएका गरी ६ हजार एक सय ५७ खेलाडी, तीन सय ५३ प्रशिक्षक, दुई सय १९ व्यवस्थापक र १७ सय निर्णायक गरी कुल आठ हजार चार सय २९ जना प्रत्यक्ष नवौं खेलकुदमा सहभागी छन् । कुल चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । जसमध्ये १३ स्वर्ण पदकको टुङ्गो लागेको छ ।

यसमध्ये आर्मीले पाँच स्वर्ण, बाग्मतिले चार, एपिएफले दुई, पुलिस र सुदूरपश्चिम प्रदेशले १/१ स्वर्ण जितेका छन् । शुक्रबार फेन्सिङको प्रतिस्पर्धा पनि समाप्त हुँदा आर्मी टिम च्याम्पियन बन्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो