चैत्र ७, २०८२ शनिबार | २१:४०:११
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नवौं राष्ट्रिय खेलकुदः कुन खेल कहाँ र कहिले हुने ?

तस्बिरः सुदर्शन रञ्जित

पोखरा । बहुप्रीतिक्षित नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव सुरु हुन २९ दिन बाँकी रहँदा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बुधबार खेलस्थल र खेलतालिका सार्वजनिक गरेको छ ।

नवौं राष्ट्रिय खेकलुदका सबै जानकारी एकै ठाउँमा समावेश गरिएका वेवसाइट र एप सार्वजनिक गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विगतका अनुभवबाट सिक्दै आसन्न महोत्सवमा कुनै गल्ती नहुने प्रतिबद्धता जनाए । उनले थुप्रै समस्या भए पनि धेरै समाधान भइसकेको र प्रतिस्पर्धा सुरु हुने बेलासम्ममा बाँकी समस्या पनि समाधान भइसक्नेमा आश्वस्त हुन आग्रह गरे ।

प्रादेसिक संरचनाअनुसार बनेको नयाँ ऐनको मातहतमा रहेर पहिलो पटक गरिन लागेको वृहत राष्ट्रिय खेलकुद भएकाले बुझाईमा समस्या आउँदा धेरै अन्योल भएको उनले स्वीकारे । भने, ‘बजेटको हकमा पनि धेरै बुझाईमा समस्या भए । प्रदेशको नेतृत्वलाई पहिला जस्तै सबै केन्द्रले दिन्छ भन्ने बुझाई रहयो । तर हामीले पहिल्यै पनि भनेका थियौं । अहिले उहाँहरु प्रष्ट भइसक्नुभएको छ । त्यससम्बन्धि समस्या समाधान भइसकेका छन् । नयाँ ऐनअनुसार खेलाडी छनोट तथा सहभागिताको सबै जिम्मेवारी प्रदेशको हो । केन्द्रले प्रतियोगिता गर्ने हो र तयारी तथा सहभागिताका लागि प्रदेशलाई केही सहयोग गर्ने हो । त्यो गरिएको छ ।’

राष्ट्रिय खेलुकद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विज्ञानले ल्याएको प्रविधिअनुसार अगाडि बढ्न चाहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुदको सफल आयोजनाले नेपाली खेलकुदलाई नयाँ उचाई प्रदान गर्ने विश्वास व्यक्त गरे ।

तस्बिरः सुदर्शन रञ्जित 

यही वर्ष सरकारको आयोजनामा एउटा निर्वाचन सकिएको र अर्को निर्वाचन हुने तयारी भएकाले सरकारकै लगानीमा हुन लागेको कारण नवौं राष्ट्रिय खेलकुदका लागि सोचेजति बजेट निकासा हुन नसकेको स्वीकारे । तथापि उनले यही नवौं राष्ट्रिय खेलकुदको आधारमा आगामी दिनमा एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद, ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको तयारी गर्ने बताए ।

कार्यक्रममा खेल स्थल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य, नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिका सदस्य निरञ्जन अधिकारीलगायतले नवौं वृहत राष्ट्रिय खेलकुदको तयारीमा भएका कामहरुको वारेमा जानकारी गराएका थिए ।

कुन खेल कहाँ ?

नवौं राष्ट्रिय खेलुकदमा समावेश कुल ३६ खेलमध्ये गण्डकी प्रदेशका सबै ११ जिल्लामा कुने न कुनै खेल पुर्याउने बताइएको थियो । तर खेल स्थल व्यवस्थापन समितिले प्रदेशका सबै जिल्लाको भ्रमणपश्चात गरेको सिफारिसअनुसार मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा कुनै पनि खेल आयोजना नहुने निर्णय भएको छ ।

सबभन्दा धेरै खेल कास्कीमा हुनेछ । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत महिला पुरुषका फरक प्रतिस्पर्धा गरि कास्की जिल्लाले ३६ वटा प्रतियोगिता आयोजना गर्नेछ । यसैगरी नवलपुरले तीन खेल आयोजना गर्नेछ भने काठमाडौं र म्याग्दीमा समान दुई तथा गोर्खा, पर्वत र बाग्लुङमा एक/एक खेल आयोजना गरिने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तस्बिरः सुदर्शन रञ्जित 


एथ्लेटिक्स– पोखरा रंगशाला

ब्याडमिन्टन– पोखरा रंगशाला, ब्याडमिन्टन कभर्डहल

क्रिकेट महिला– पोखरा रंगशाला

क्रिकेट पुरुष– काठमाडौंमा सुरु भइसकेको

फुटबल पुरुष– गोस्टेघाट क्लोजिङ, (पोखरा रंगशाला)

फुटबल– महिला वालिङ/पिएन क्याम्पस/पोखरा रंगशाला

टेनिस– पोखरा रंगशाला, टेनिस कोर्ट

बक्सिङ– पोखरा रंगशाला, सेमी कभर्डहल

भलिबल पुरुष– पोखरा रंगशाला

भलिबल महिला– म्याग्दी खेल मैदान

जिम्न्यास्टिक– पोखरा रंगशाला, पुरानो ब्याडमिन्टन हल

ह्यान्डबल महिला– पोखरा रंगशाला, बहुउद्देश्शीय कभर्डहल

ह्यान्डबल पुरुष– पोखरा रंगशाला, बहुउद्देश्शीय कभर्डहल

सफ्ट टेनिस– पोखरा रंगशाला, टेनिस कोर्ट

स्क्वास– पोखरा रंगशाला, स्क्वास भवन

उसु– पोखरा रंगशाला, बहुउद्देश्शीय कभर्डहल

बास्केटबल पुरुष– पोखरा रंगशाला

बास्केटबल महिला– पिएन क्याम्पस, पोखरा

आर्चरी– पोखरा रंगशाला, आर्चरी मैदान

फेन्सिङ– पोखरा रंगशाला, ब्याडमिन्टन हल

फुलकन्ट्याक्ट कराते– प्रदर्शनी हल, पोखरा

जुडो– प्रदर्शनी हल, पोखरा

शारिरीक सुगठन– सभागृह पोखरा

बुद्धिचाल– गोर्खा

पौडी– फिस्टेल एकेडेमी, पोखरा

टेबल टेनिस– कोल्मा बाहकोट समाज हल, पोखरा

सेपाक टाक्रो महिला– नवलपुर, कावासोती

सेपाक टाक्रो पुरुष– नवलपुर, कावासोती

हक्की महिला– गण्डकी बोर्डिङ, पोखरा

हक्की पुरुष– गौरीशंकर खेल मैदान, ह्याम्जा

भारोत्तोलन– उद्योग वाणिज्य संघ, पोखरा

सुटिङ– काठमाडौं

गल्फ– हिमालयन गल्फ कोर्स, पोखरा

साइक्लिङ– रानीबन, पोखरा

ट्रायथलन– लेकसाइट, पोखरा

प्याराग्लाइङ– पोखरा सराङकोट

रग्बी महिला– भण्डारढिक खेल मैदान, पोखरा

रग्बी पुरुष– भण्डारढिक खेल मैदान, पोखरा

कबड्डी महिला– रञ्जित पार्टी प्यालेस, पोखरा

कबड्डी पुरुष– रञ्जित पार्टी प्यालेस, पोखरा

कुस्ती– थारु संग्रहालय, कावासोती, नवलपुर

तेक्वान्दो– म्याग्दी कभर्डहल

खो खो महिला– ह्यान्डबल एकेडेमी, पोखरा

खो खो पुरुष– ह्यान्डबल एकेडेमी, पोखरा

कराते– पर्वत सेमी कभर्डहल, कुस्मा

आइटिएफ तेक्वान्दो– बाग्लुङ कभर्डहल

तस्बिरः सुदर्शन रञ्जित 


कुन खेल कहिले ?

नवौं वृहत राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आगामी असोज २८ गते पोखरा रंगशालामा हुनेछ । तर कात्तिक तीन गते समापन हुने वृहत खेल महोत्सवका विभिन्न प्रतिस्पर्धालाई समय नपुग्ने भएकाले कतिपय खेलका प्रतियोगिताहरु त्यसअघि नै सुरु भइसक्ने छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा यही भदौ २३ गतेबाट सुरु भइसकेको छ भने महिला क्रिकेट असोज २३ गते पोखरा रंगशालामा सुरु हुनेछ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार ११ वटा खेल औपचारिक उदघाटनअगावै सुरु हुनेछ ।

एथ्लेटिक्स– असोज २९ देखि कात्तिक ३ गतेसम्म

ब्याडमिन्टन– असोज २९ देखि कात्तिक २ गतेसम्म

क्रिकेट महिला– असोज २३ देखि कात्तिक १

क्रिकेट पुरुष– काठमाडौंमा सुरु भइसकेको (भदौ २३ देखि ३१ गते)

फुटबल पुरुष– असोज २७ देखि कात्तिक ३ गतेसम्म

फुटबल महिला– असोज २७ देखि कात्तिक २ गतेसम्म

टेनिस– असोज २८ देखि कात्तिक ३ गतेसम्म

बक्सिङ– असोज २८ देखि कात्तिक २ गतेसम्म

भलिबल पुरुष– असोज २८ देखि कात्तिक ३ गतेसम्म

भलिबल महिला– असोज २७ देखि कात्तिक २ गतेसम्म

जिम्न्यास्टिक– असोज ३१ देखि कात्तिक २ गतेसम्म

ह्यान्डबल महिला– असोज २९ देखि कात्तिक ३ गतेसम्म

ह्यान्डबल पुरुष– असोज २९ देखि कात्तिक ३ गतेसम्म

सफ्ट टेनिस– असोज २८ देखि कात्तिक ३ गतेसम्म

स्क्वास– असोज २९ देखि कात्तिक ३ गतेसम्म

उसु– असोज २४ देखि २८ गतेसम्म

बास्केटबल पुरुष– असोज २८ देखि कात्तिक ३ गतेसम्म

बास्केटबल महिला– असोज २८ देखि कात्तिक ३ गतेसम्म

आर्चरी– असोज २९ देखि कात्तिक २ गतेसम्म

फेन्सिङ– असोज २४ देखि २८ गतेसम्म

फुलकन्ट्याक्ट कराते– असोज २७ देखि २९ गतेसमम

जुडो– असोज ३१ देखि कात्तिक ३ गतेसम्म

शारिरीक सुगठन– असोज २९ देखि ३१ गतेसम्म

बुद्धिचाल– असोज २७ देखि कात्तिक २ गतेसम्म

पौडी– असोज २९ देखि कात्तिक १ गतेसम्म

टेबल टेनिस– असोज २९ देखि कात्तिक २ गतेसम्म

सेपाक टाक्रो महिला– असोज २९ देखि कात्तिक २ गतेसम्म

सेपाक टाक्रो पुरुष– असोज २९ देखि कात्तिक २ गतेसम्म

हक्की महिला– असोज २७ देखि कात्तिक २ गतेसम्म

हक्की पुरुष– असोज २७ देखि कात्तिक ३ गतेसम्म

भारोत्तोलन– असोज २९ देखि कात्तिक २ गतेसम्म

सुटिङ– असोज २८ देखि कात्तिक २ गतेसम्म

गल्फ– असोज २७ देखि २९ गतेसम्म

साइक्लिङ– असोज २८ देखि कात्तिक २ गतेसम्म

ट्रायथलन– असोज ३१ देखि कात्तिक २ गतेसम्म

प्याराग्लाइङ– असोज २९ देखि कात्तिक ३ गतेसम्म

रग्बी महिला– असोज २९ देखि कात्तिक २ गतेसम्म

रग्बी पुरुष– असोज २९ देखि कात्तिक २ गतेसम्म

कबड्डी महिला– असोज २५ देखि २९ गतेसम्म

कबड्डी पुरुष– असोज २५ देखि २९ गतेसम्म

कुस्ती– असोज २९ देखि कात्तिक १ गतेसम्म

तेक्वान्दो– असोज २८ देखि कात्तिक २ गतेसम्म

खो खो महिला– असोज ३० देखि कात्तिक ३ गतेसम्म

खो खो पुरुष– असोज ३० देखि कात्तिक ३ गतेसम्म

कराते– असोज २९ देखि कात्तिक २ गतेसम्म

आइटिएफ तेक्वान्दो– असोज २८ देखि कात्तिक २ गतेसम्म


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो